परासी, ३१ श्रावण । प्रेस काउन्सील नेपालले २०७५ साउन २४ गते सार्वजनिक गरेको पत्रपत्रिकाको बर्गीकरणको नतिजाप्रति नेपाल प्रेश युनीयनले आपत्ति जनाएको छ । देशभरि संगै नेपाल प्रेस युनियन नवलपरासी शाखाले पनि जिल्ला प्रशासन कार्यालय नवलपरासीमा ज्ञापन पत्र बुझाउदै ध्यानाकर्षण गराएको हो ।
पत्रपत्रिकाको बर्गीकरणको नतिजालाई लिएर देशभरवाट श्राजिवि पत्रकार साथिहरुले गंभिर असहमती जनाएको अवस्थामा तत्काल निणर्य सच्चाई पारदर्शी र निष्पक्ष ढङगवाट प्रक्रियागत रुपमा नतिजा सार्वजनिक गर्न सम्वन्धित निकाय समक्ष यस ज्ञापन पत्र मार्फत जोडदार माग गरिएको प्रेस युनियन नवलपरासीका अध्यक्ष श्रीराम सिग्देलले जानकारी दिए ।
पत्रपत्रिका वितरण सुपरिक्षण समितीको सिफारीसलाई समेत लत्याउंदै बोड बैठक समेत नबसी फरक नतिजा प्रकासन गरिएको कुराले झन आक्रोसीत तुल्याएको विज्ञप्तीमा उल्लेख छ । पत्रपत्रिका बर्गीकरण पछि दिईने सेवा सुविधा बितरण गर्ने सञ्चार मन्त्रालय तथा काउन्सीलको बोड सदस्यलाई यो पुर्वाग्रहले भरिएको नतिजा खारेज गरि पुनरावलोकन गर्न नेपाल प्रेस युनियन नवलपरासीले जोडदार माग गरेको हो ।
साथै मागलाई सम्वन्धित निकायले वेवास्थ्या गरे केन्द्रको निर्देशन बमोजीम चरणवद्ध आन्दोलनमा उत्रन वाध्य हुने चेतावनी दिईएको छ ।
यता पश्चिम नवलपरासीमा पनि प्रेस युनियनका उपाध्यक्ष अनिल यादवको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाइएको छ ।