ट्राफिक व्यवस्थापन समिति गठन

0
511

परासी, ३१ श्रावण ।  बढ्दो सवारी दुर्घटना न्युनिकरण गर्ने उद्देश्यले पश्चिम नवलपरासीमा जिल्ला स्तरीय ट्राफिक व्यवस्थापन समिति गठन गरिएको छ । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय पश्चिम नवलपरासीले विहिवार संयुक्त रुपमा आयोजना गरेको कार्यक्रमबाट प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेको अध्यक्षतामा ट्राफिक व्यवस्थापन समिति गठन गरिएको हो ।

समितिमा यातायात व्यवसायी, नागरिक समाज, स्थानीय क्लव लगायतका प्रतिनिधि सदस्य रहनेछन् । समितिले जिल्लामा ट्राफिक व्यवस्थापनमा सुधार ल्याउने, सडक अतिक्रमण हटाउने, पशु चौपाया व्यवस्थापन गर्ने, मोटरसाईकल सन्चालनमा अनुसासन कायम गराउने, तीन पांग्रे सवारी साधनको व्यवस्थापन, यातायात मजदुरलाई प्रशिक्षण, विद्यालय सम्पर्क कार्यक्रम लगायतका गतिविधि गर्ने जनाएको छ ।

सो अवसरमा बोल्ने वक्ताहरुले पश्चिम नवलपरासीमा लागु पदार्थ दुव्र्यसनीका कारण सवारी दुर्घटना बढी रहेको भन्दै सो नियन्त्रणमा ध्यान दिनुपर्नेमा जोड दिएका थिए । उनीहरुले प्रहरी र स्थानीय सरकारको समेत सवारी दुर्घटना नियन्त्रणमा भुमिका हुने भन्दै व्यापक जनचेतना पनि आवश्यक रहेकोमा जोड दिएका थिए ।

प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख शिवशंकर रायको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा रामग्राम नगरपालिकाका मेयर नरेन्द्र गुप्ता, बर्दघाट नगरपालिकाकी उपमेयर माया पौडेल, पाल्हीनन्दन गाउँपालिकाा अध्यक्ष वैजुप्रसाद गुप्ता, सरावल गाउँपालिकाका अध्यक्ष राधेश्याम चौधरी, प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्मा, उद्योग वाणिज्य संघका अध्यक्ष केशव भण्डारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी राजेन्द्रप्रसाद भट्ट, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख हेमबहादुर शाही, मध्य नेपाल यातायात व्यवसायी समितिका अध्यक्ष ऋषिराम पौडेल, नागरिक समाजका अध्यक्ष शम्भु उपाध्याय, पत्रकार महासंघका उपाध्यक्ष हरि शर्मा लगायतले आ आफनो धारणा राख्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here