सुनवल नगर प्रमुख भिम बहादुर थापाद्धारा नागमन्दिरको समुद्घाटन 

0
676

जीवन न्यौपाने-

सुनवल, ३१ साउन । सुनवल नगरपालिकाका नगरप्रमुख भिमबहादुर थापाले बिहिवार नागपञ्चमीको अवसर पारी सुनवल नगरपालिका वडा नं. १२ स्थित भुमही सिद्धार्थटोलमा निर्मित नाग मन्दिरको समुद्घाटन गरेका छन् । नाग मन्दिर व्यवस्थापन समिती सिद्धार्थटोलका स्थानियबासीहरुको सकृयतामा झण्डै ९ लाख रुपँैया खर्च गरेर सो मन्दिरको निर्माण गरिएको थियो, जसमा सुनवल नगरपालिकाले पनि ५ लाख रुपैया आर्थिक सहयोग गरेको थियो ।

उक्त मन्दिर समुद्घाटन कार्यक्रममा नाग मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भेषराज न्यौपानेको अध्यक्षता, सुनवल नगरपालिकाका प्रमुख भिम बहादुर थापाको प्रमुख आतिथ्यता, नगर उपप्रमुख दधिराम अर्याल र वडा न १२ का वडाअध्यक्ष यमलाल पाण्डेको विशिष्ट आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथिको तर्फबाट शुभकामना प्रस्तुत गर्दै नगर प्रमुख थापाले नगरपालिकाले नगर भित्र रहेका अन्य धार्मिक तथा ऐतिहासिक महत्व बोकेका स्थानहरुलाई जगेर्ना गरी ति स्थानहरुलाई महत्वपुर्ण धार्मिक क्षेत्रको रुपमा विकास गरी आन्तरिक पर्यटकहरु भित्राउनको निमित्त नगरपालिका कटिबद्द रहेको वताए । साथै स्थानिय स्तरमा रहेका धार्मिक महत्व बोकेका मठ मन्दिर संरक्षणको लागी स्थानियहरुको अग्रसरता रहनुपर्नेमा थापाले जोड दिए ।

कार्यक्रममा नगर उपप्रमुख दधिराम अर्याल र वडाअध्यक्ष यमलाल पाण्डेले पनि शुभकामना मन्तव्य प्रस्तुत गरेका थिए । साथै सो कार्यक्रममा मन्दिर निर्माणका लागी जग्गा उपलब्ध गराउनुहुने पवित्रा भण्डारी, त्यस्तै मुर्ती सहयोग गर्नुहुने सविता न्यौपाने लगायत अन्य आर्थिक तथा जिन्सी सहयोग उपलब्ध गराउनुहुने विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा मन्दिर समुद्घाटन कार्यक्रमका संयोजक कुश्माखर चापागाइले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए भने संस्थाका सचिव भोलाप्रसाद न्यौपानेले कार्यक्रमको सञ्चालन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here