पाल्हीनन्दन गाउपालिकामा स्थानिय समानान्तर सरकार गठन

0
548


परासी, ३१ श्रावण । जिल्लाको पाल्हिनन्दन गाउपालिकामा स्थानियद्धारा समानान्तर सरकार गठन गरेका छन् । गाउपालिकामा अनियमितता र उदण्डता बढदै गएको भन्दै त्यसको अनुगमन गर्नका लागि स्थानिय केही राजनीतिक दल, समाजसेवी तथा नागरिकको भेलाले समानान्तर गाउपालिका सरकार गठन गरिएको हो ।

संघिय समाजवादी पार्टीका जिल्ला अध्यक्ष समेत रहेका स्थानिय नेता धरेन्द्र यादवको संयोजकत्वमा ११ सदस्यि स्थानिय समानान्तर सरकार गठन गरिएको छ । सरकारको सदस्यमा राजपाका नेता मुकुरजी गिरी,नेपाली काँग्रेसका जिल्ला नेता राजेन्द्र कुमार सहानी,दिनेश मणि पटेल, राधेश्याम गौड, हरिहर चौहान, धिरेन्द्र गिरी,दिनानाथ यादव,रुदल अंसारी,सुरेन्द्र कुमार पटेल र महेन्द्र गुप्ता रहेका छन् ।

गठित सरकारले तत्काल नेपाल सरकारबाट प्राप्त अनुदानको गाउसभाले गरेको योजना छनौट प्रकृया,योजना कार्यान्वयनको विधि र कार्यसमन्नताको प्रतिवेदन माग गर्ने,गाँउ गाँउमा गई त्यसबारे जनतालाई अवगत गराउने र अनियमितता फेला परेको बेला अख्तियार दुरुपयोग अनुसंधान आयोग लगायत मातहतका निकायमा कारवाहीका लागि पठाउने भेलाले निर्णय गरेको छ ।

विधि प्रकृया मिचेर गाउपालिका अध्यक्ष लगायत कार्यपालिकाको विरुद्धमा गाँउ गाँउमा जनचेतना फैलाउने र गाउपालिकाले लगाएको कर नबुझाउने गरि जनपरिचालन गरिने समेत योजना रहेको संयोजक यादवले जनाएका छन् ।

त्यसैगरि गाउ कार्यपािलकाको सबै गतिविधीलाई अनुगमन गर्ने गरि स्थानिय राजेन्द्र सहानीको नेतृत्वमा ७ सदस्यि स्थानिय अनुगमन समिति समेत गठन गरिएको सहानीले उपलब्ध गराएको भेलाले गरेको निर्णयमा उल्लेख छ । सो समितिको सदस्यको रुपमा राजेन्द्र पटेल,अनिरुद्र गौड,पारसनाथ साहनी,विरेन्द्र चौधरी,सुरेन्द्र कुमार पटेल र गोविन्द पटेल रहेका छन् ।

त्यसै गरि भेलाले गाउपालिकाले खेतलाई सम्पती मानेर एकिकृत सम्पती तोकी किसान माथि अन्याय गरेको र स साना उद्यम ब्यवसाय गरि जिविको पार्जन गर्ने उद्यमी ब्यवसायि माथि समेत कर थोपारेर अन्यायपुर्ण कार्य गरिरहेको हुदा त्यसको जनता माझ भण्डार फोर गर्ने र आवश्यक कदम चाल्न समेत समानान्तर सरकार र अनुगमन समितिलाई म्यान्डेट प्रदान गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here