परासी, ११ पुष । नेपाली कांग्रेस प्रदेश प्रतिनिधि ब्रहमानन्द लोहारले एक विरामीलाई नगद रु १० हजार रुपैया सहयोग गरेका छन् । पाल्हीनन्दन गाउँपालिका वडा १ बडकीसुनरी बस्ने नाथु लोहारलाई थप उपचारका लागि नेता लोहारले आर्थिक सहयोग मार्फत उक्त नगद रकम सहयोग गरेका हुन् । नाथु लोहार दिमाग सम्बन्धित विरामी रहेका छन् । विगत लामो समयदेखि उनी उपचार गराउदै आएकाले अहिले उनको आर्थिक अवस्था कमजोर हुदै गएकाले उनी अपरेशनका लगि आर्थिक जोहोमा लागी रहेका बेला नेता ब्रहमानन्दले उनको उपचार सफल बनाउन नगद रु १० हजार सहयोग गरि सघाएका छन् । रकम पाएपछि विरामी नाथुले यो रकम मेरो लागि निकै ठुलो सहयोग रहेको र थप सहयोगको अपेक्षा राखेको जिकिर गर्नु भयो ।

विगतका बर्षदेखि सामाजिक क्षेत्रमा आर्थिक, भौतिक र सामाजिक रुपमा सहयोग गर्दै आएका नेता एवं समाजसेवी ब्रहमानन्द लोहार अब नेपाली कांग्रेसको राजनितिमा पनि सक्रिय हुदै गएका छन् । नेता लोहार विगतका बर्षदेखि नै समाजिक क्षेत्रमा अग्रसर भई सहयोग र सहयोगात्मक कार्यहरु गर्दै आएका छन् ।
सहयोग रकम प्रदान कार्यक्रममा नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि तौफिक अंसारी, क्षेत्रिय सहसजिव उपेन्द्र गुप्ता, सदस्य हिरालाल हरिजन, पाल्हीनन्दन गाउँपालिका उप सभापति सैयद मुसलमान, गाउँपालिका सजिव जितेन्द्र गुप्ता, वडा १ का सभापति चुलाई प्रसाद यादव, वडा ३ का सभापति मोहन गोसाई, वडा ५ का सभापति पन्जाबी मुलसमान, क्षेत्रिय प्रतिनिधि सुरेन्द्र पटेल, वडा १ का सजिव अवधेश कुर्मी, धर्मेन्द्र मौर्य, सदस्य अनिल कोहार लगायतको उपस्थिती रहेको थियो । सहयोग रकम प्रदान गर्दै नेता लोहारले आगामी दिनमा पनि थप सहयोग गर्ने र अरु सामाजिक क्षेत्रमा पनि अग्रसर भई काम गर्ने प्रतिबद्धता जाहेर गरेका थिए । नेता लोहारको यो सामाजिकता देखेर यतिबेला गाउँपालिकामा निकै चर्चा चलिरहेको छ ।