भोजपुरी फिल्मकि नायिका पाखी हेगडेलाई पाल्हीनन्दन गाउँपालिका उपाध्यक्ष पावित्री कोहार र पत्रकार जितेन्द्र गुप्ताले गरे स्वागत

परासी, २ मंसिर । भारतीय भोजपुरी फिल्मकि नायिका पाखी हेगडेलाई पाल्हीनन्दनमा स्वागत गरिएको छ । कार्तिक ३० गते मंगलबार दिउँसो नवलपरासीको पाल्हीनन्दन गाउँपालिका उपाध्यक्ष पावित्रीदेवी कोहारलाई भेटघाटका लगि गाउँपालिकामा आएकि नायिक हेगडेलाई उपाध्यक्ष कोहार सहितको टोलीले फुलको हारमाला लगाई स्वागत गरेको थियो । नायिक हेगडे काठमाण्डौ स्थित एक कार्यक्रम एटेन्ड गर्नका लागि महेसपुर नाका हुदै आएकि थिईन । सोही अवसर छोपेर गाउँपालिका उपाध्यक्ष पावित्री कोहार, स्थानिय युवा पत्रकार जितेन्द्र कुमार गुप्ता लगायतले नायिका हेगडेको स्वागत गरि विदायी गरेका थिए ।


हन्टर मिडिया हाउस दुबईका सिएमडी प्रमोद गुप्ताले नायिका पाखी हेगडेलाई काठमाण्डौका एक कार्यक्रममा लगेका थिए । प्रमोद गुप्ताको राम्रो सम्बन्ध रहेकाले उनले नायिका हेगडेलाई गाउँपालिका उपाध्यक्ष र पत्रकार जितेन्द्र गुप्ता लगायतका व्यक्तिहरुलाई भेटघाट गर्ने अवसर मिलाएका थिए । नायिका हेगडे आएपछि उनको स्वागतमा गाउँपालिका उपाध्यक्ष पावित्री कोहार, पत्रकार जितेन्द्र गुप्ता, स्थानिय युवा ब्रहमानन्दन लोहार, मोहन गोसाई, भारतीय पत्रकार दुर्गा गुप्ता, स्थानिय युवा अनिल कोहार, बिसम्भर गुप्ता, गाउँपालिकाका केहि कर्मचारी र स्थानियहरु जुटेका थिए । भेटघाट पछि उपाध्यक्ष कोहारले नायिका हेगडे र प्रमोद गुप्तालाई मायाको चिनो प्रदान गरेकि थिईन् ।

Related articles

मुस्लिम संघ नवलपरासीद्धारा मदारबाबा मेला आएका भक्तजनहरुलाई पानी खुवाइयो

सुस्ता, १२ फागुन । नेपाल मुस्लिम संघ जिल्ला कार्यसमिति नवलपरासीले मदारबाबा मेला आएका भक्तजनहरुलाई पानी खुवाएको छ । मेलामा आएका भक्तजनहरु मदारिया डाँडामा रहेको मदारबाबाको मुख्य धार्मिक स्थल मजारमा पुग्न पहाड चढने क्रममा संघले तिर्खाका भक्तजनहरुलाई निशुल्क रुपमा सेवा गर्ने उद्देश्यले मिनरल वाटर पानी खुवाएको हुन् । यहि फागुन १२ गते आईतबार देखि जिल्लाको सुस्ता […]

विभिन्न पार्टी परित्याग गरि ७३ जना नेपाली काङ्ग्रेसमा प्रवेश

परासी, ६ असोज। नवलपरासीका ७३ जना विभिन्न पार्टी परित्याग गरि नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन। नेपाली काङ्ग्रेस सुस्ता गाउँपालिकाको आयोजनामा सुस्ता २,कुडियामा आयोजित कार्यकर्ता भेट्घाट तथा पार्टी प्रवेश कार्यक्रममा ७३ जना कार्यकर्ताहरु पार्टी प्रवेश गरेका हुन। पार्टीमा प्रवेश गर्ने ती कार्यकर्ताहरुलाइ नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य सान्सद देबेन्द्रराज कंडेलले अबिर माला लगाइ प्रवेश गराएका हुन। राजकुमार […]