शिक्षा आजको आवश्यकता : अध्यक्ष बैजु प्रसाद गुप्ता

0
701

महेश यादव-

परासी, १२ कार्तिक । पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकामा लागू पदार्थ दुर्ब्यसन विरुद्ध स्थानीय सराेकारवालाहरु संग बहस तथा पैरवी कार्यक्रम सम्पन्न भएको छ । संवाद किशोर किशोरी संजाल पाल्हिनन्दन -४ काे अायाेजना तथा एविसि नेपाल स्ट्राेम फाउन्डेसनकाे अार्थिक सहयोग र पाल्हिनन्दन गाउँपालिकाकाे अायाेजनामा लागू पदार्थ दुर्ब्यसन विरुद्ध स्थानीय सराेकारवालाहरु संग बहस तथा पैरवी कार्यक्रम पाल्हिनन्दन गाउँपालिकाकाे सभा हलमा सम्पन्न भएको हाे ।

संजालका उपाध्यक्ष रेनु यादवकाे अध्यक्षता तथा पाल्हिनन्दन गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता ( दिपक) काे प्रमुख अतिथता र एविसि नेपालका क्षेत्रीय प्रमुख मनाेज लामिछानेको विशिष्ट अतिथतामा लागू पदार्थ दुर्ब्यसन विरुद्ध स्थानीय सराेकारवालाहरु संग बहस तथा पैरवी कार्यक्रम सम्पन्न भएको हाे ।
कार्यक्रममा बाेल्दै प्रमुख अतिथि गुप्ताले समुदायकाे विकासकाे लागि शिक्षाकाे अावश्यक्ता भएको बताए । शिक्षाले नै हरेक मानिसकाे नेतृत्व विकास गरि सफल र असल नागरिककाे पहिचान गराउछ बताउदै वर्तमान समयमा समाज परिवर्तनकाे लागि र लागू पदार्थ जस्ता समस्या नियुनिकरणका लागि समेत हरेक मानिसमा यसका विरुद्ध जनचेतना जगाउन शिक्षाकाे नै अति अावश्यक्ता रहेको बताउनुभयो ।उहाँले पाल्हिनन्दन गाउँपालिकाका सम्पूर्ण गाउँपालिका बासि र किशोर किशोरीहरुले पालिकाकाे विकासका लागि र लागु पदार्थ जस्ता समस्यालाई नियुनिकरण गर्नकाे लागि गरिरहेकाे काम र याेगदानलाई अाफु सधै सम्मझिराख्ने र पालिका बासि सगै हरेक किशोर किशोरीहरुकाे सुख दुखमा साथ दिने बताएका हुन । साथै विगतकाे समयदेखि एविसि नेपालले पालिकाकाे विकासका लागि र किशोर किशोरी बालबालिकाहरुकाे उज्ज्वल भविष्य निर्माणका लागि सञ्चालन गरेको सवाद केन्द्र र संजाल मार्फत प्रदान गरिरहेको शिक्षा र याेगदानकाे लागि सिंगो गाउँपालिका र अफु स्वम अभारि रहने बताउदै धन्यवाद समेत दिएका थिए ।

साे अवसरमा बाेल्दै विशिष्ट अतिथि लामिछानेले लागू पदार्थकाे सेवनले मानिसकाे शारीरिक अस्वस्थता बढाउनुका साथै अार्थिक अवस्था पनि कमजोर बनाउदै गरेको बताए । उहाँले लागु पदार्थ सेवन गर्नु सेवन गराउन दिनु एक कानुनी अपराध पनि भएको बताउदै लागू पदार्थले गर्दा समाजमा अशिक्षा र बालबालिकाकाे भबिस्य पनि खराब बनाएको बताउनुभएको थियो । साथै उहाँ समाजमा भएको यस्ता विभिन्न समस्यालाई समाधान गर्नकाे लागि एविसि नेपालले सधै साथ सहयोग दिने बताए । र किशोर किशोरीहरुले समाज परिवर्तनका लागि गरेको हरेक सकारात्मक कार्यमा सहयोग गरेर किशोर किशोरीहरुकाे उज्ज्वल भविष्य निर्माणका लागि विभिन्न किसिममा सिपमुल राेजगार मुलक तथा जनचेतनामुलक कार्यक्रम सञ्चालन गरेर जनचेतना जगाउने र समाज परिवर्तनका लागि सहयोग पुर्‍याउन बताउनुभएको थियो । साथै किशोर किशोरीहरुकाे भविष्य निर्माणका लागि गाउँपालिका अध्यक्ष गुप्ताले गाउँपालिकाकाे तर्फबाट गरिरहेको याेगदान निकै नै सरहानिय रहेको बताउदै सिंगो गाउँपालिका टिम र किशोर किशोरी अभिभावकहरुलाई धन्यवाद समेत दिए ।

साे अवसरमा वडा नम्बर -३ का वडा अध्यक्ष गाेधन हरिजन , समाजसेवी गाेरख पटेल , पत्रकार धुर्वनरायण बानिया , महेश यादव , सुरेश यादव ,एविसि नेपालका सुपरभाइजर राजमन बरई , राजेश अार्या , संजित शर्मा,विष्नु परियार ,भाेलेनटियर बन्दना चाैधरी सुरेखा माैर्य लगाएतले अतिथिहरुकाे सहभागीता रहेको थियो। साे अवसरमा गाउँपालिकाले गरेको सहयोग र किशोर किशोरीहरु संगै एविसि नेपालका सिंगो टिमले गरेको याेगदानलाई उच्च कदर गर्दै सम्मान स्वरुप सम्मान पत्र समेत हस्तान्तरण गरिएको थियो । साे कार्यक्रमकाे सञ्चालन किशोर पुष्पा चाैधरीले गर्नुभएको थियोे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here