रेडक्रस परासी शाखाका सभापति राजेन्द्र अग्रहरीद्वारा १० लाख सहित अक्षय कोष स्थापना

0
687

गौरीशंकर जयसवाल

परासी ११ कार्तिक । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा पश्चिम नवलपरासीमा राजेन्द्रप्रसाद अग्रहरी एव गायत्री अग्रहरीको नाममा अक्षयकोष स्थापनार्थ गरिएको छ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा सभापति राजेन्द्रप्रसाद अग्रहरी एव उनकी धर्मपत्नी गायत्रीको नाममा अक्षयकोष स्थापनार्थ गरिएको हो ।आज एक समारोहको बिच अक्षयकोष स्थापनार्थ गरि रकम पनि हस्तान्तरण गरिएको शाखा सभापति अग्रहरीले जानकारी दिए ।

राजेन्द्रप्रसाद अग्रहरी एव उहाँको धर्मपत्नी गायत्रीले संयुक्त रूपमा प्रमुख जिल्ला अधिकारी धमेन्द्र कुमार मिश्रमार्फत रेडक्रसकालाई रु नगद दश लाख रुपैयाँअक्षयकोषका लागि हस्तान्तरण गरिएको शाखा सभापति अग्रहरीले बताए ।

लामो समयदेखि रेडक्रसको माध्यमबाट सामाजिक र मानवीय सेवामा सक्रिय अग्रहरीले विपद्मा परेका नागरिकको सहयोगार्थ दश लाख रुपैँया सहयोग गर्नुभएको रेडक्रस जिल्ला शाखाका वरिष्ठ अधिकृत मुरारी गुप्ताले बताए ।

सभापति अग्रहरीले रेडक्रसलाई एम्बुलेन्स हस्तान्तरण गर्ने प्रतिवद्धता गरेको भएपनि अहिले सरकारले एम्बुलेन्स सञ्चालनमा कडाई गरेको र एम्बुलेन्स खरिद गर्न सम्भव नभएपछि उक्त रकम अक्षय कोषमा सहयोग गरेका हुन ।

अक्षय कोष स्थापना भएपनि यसको कार्यविधि भने बनाईएको छैन् । कार्यविधि बनाउन रेडक्रस जिल्ला शाखाका कार्यकारी सदस्य घनश्यामप्रसाद यादवको संयोजकत्वमा कार्यकारी सदस्य अर्जुन बहादुर क्षेत्री सदस्य र शाखा अधिकृत मुरारी गुप्ता सदस्य सचिव रहेको मस्यौदा समिति गठन गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी धर्मेन्द कुमार मिश्रले मानवीय सेवामा रेडक्रसको भूमिका महत्वपूर्ण रहेको बताउँदै उनले अक्षय कोषको माध्यमबाट विपद्मा परेका विपन्न समुदायले पक्कै पनि लाभ लिने विश्वास व्यक्त गरेका थिए ।

कार्यक्रममा रेडक्रस लुम्बिनी प्रदेश समिति सदस्य हैदर अलि मोमिन, उद्योग वाणिज्य संघ नवलपरासीका अध्यक्ष केशव भण्डारी, संघका पूर्व अध्यक्ष वीरेन्द्र अग्रहरी, वरिष्ठ उपाध्यक्ष ओमप्रकाश अग्रहरी, उपाध्यक्ष नगेन्द्र अग्रहरी, नवलपरासी ईट्टा उद्योग संघका अध्यक्ष धनपद यादव, उद्योगी अमरचन्द अग्रवाल, रेडक्रसका उपसभापति कृष्ण लामिछाने लगायतले बाेलेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here