अख्तियारको टोलीद्वारा नापी अधिकृत पक्राउ

रौतहट, ३१ श्रावण ।  नापी कार्यालय गौरका अधिकृत धिरेन्द्रलाल १४ हजार घुस रकमसहित पक्राउ परेका छन् । धिरेन्द्रलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुस वापतको रकम लिँदालिँदै कार्यकक्षबाटै नियन्त्रणमा लिएको हो ।

अधिकृत लालले बिहिबार गौर नगरपालिका वडा नम्बर ५ का वडासदस्य विश्वनाथ महतोबाट जग्गाको कित्ताकाट गरेवापत उक्त घुस रकम लिएका थिए । अधिकृत लाललाई आवाश्यक कारवाहीका लागि हेटौंडास्थित अख्तियारको क्षेत्रीय कार्यालय पठाइएको अख्तियारका बेनीमाधव पौडेलले जानकारी दिए ।

Related articles

नेविसंघद्वारा लुम्बिनी बाणिज्य क्याम्पसमा आगजनी

बुटवल, १० असाेज । बुटवलको लुम्बिनी बाणिज्य क्याम्पसमा ११ जना आफ्ना मान्छेलाई शिक्षक, कर्मचारी भर्ती गरेको भन्दै नेपाल विद्यार्थी संघले आगजनी र तोडफोड गरेको छ । लुम्बिनी बाणिज्य क्याम्पस इकाइ समितिका सभापति सुरज क्षेत्री र केन्द्रीय सदस्य टंक पाण्डेको नेतृत्वको समूहले क्याम्पस प्रमुखको कुर्ची, टेबलमा आगजनी गरेको हो । उनीहरुले क्याम्पस प्रमुख चढ्दै आएको स्कार्पियो […]

बनको बांझो जमिनमा बेसार खेती पहिलो वर्षमै नौ लाख रुपैया अाम्दानि

नवलपुर , २१ फागुन । बनमा बा“झो र खाली रहेको जग्गामा बेसार खेती गरेर कावासोतीका महिलाहरुले मनग्य आम्दानी गरेका छन । कावासोती नगरपालिका १० र ७ नम्बर वडामा पर्ने लामीचौर उपभोक्ता समिति अन्तरगतको कृष्णसार मध्यवर्ती सामुदायीक बनको खाली जमिनमा यहाका महिलाहरुले सामूहिक बेसार खेती गरेर आम्दानी गर्न सफल भएका हुन ।  वडा न. १० चिलिया र […]

Leave a Reply

Your email address will not be published. Required fields are marked *