विप्लव निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को दोस्रो पुर्ण बैठक नवलपरासीमा सुरु

प्रदीप पाठक–

परासी, ८ कार्तिक । नेपाल कम्युनिस्ट पार्टीको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी )को केन्द्रिय समितिको दोस्रो पुर्ण बैठक नवलपरासीको बर्दघाटमा सुरु भएको छ । असोज ६-९ गते पोखरामा भएको ऐतिहासिक २२औं राष्ट्रिय सम्मेलन पछि दोस्रो पुर्ण बैठक बसेको हो।

बैठक कार्तिक ८-९ गते दुई दिन सम्म चल्ने केन्द्रिय उपाध्यक्ष नरेन्द्र बिकले जानकारी दिएका छन। अखिल(क्रान्तिकारी)अध्यक्ष प्रकाश शाहीको अध्यक्षतामा भएको बैठक नेकपा महासचिव विप्लवको प्रमुख आथित्यतामा सुरुमा भएको छ । बैठकमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव,नेकपा केन्द्रिय सदस्य एवं फ्याक्सन इन्चार्ज चिरन पुन,केन्द्रिय सदस्य एवं नवलपरासी/नवलपुर इन्चार्ज सरद ओलि,विद्यार्थीका पुर्व अध्यक्ष चिरञ्जीवी ढकाल लगायत केन्द्रिय समितिका विद्यार्थीहरुको उपस्थिति रहेको छ।

Related articles

मलखादको माग गर्दै परासीमा विरोध प्रदर्शन

परासी, ९ कार्तिक । किसानहरु मलखाद नपाएपछि सदरमुकाम परासीमा विरोध प्रदर्शन गरेका छन् । खेतीपातीको बेला रासायनिक मल, डिएपी नपाएपछि कृषकहरुले विरोध प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र समेत बुझाएका हुन् । डिएपीको बेला युरिया र युरिया चाहिएकोे बेला डिएपी दिने कृषि समाग्री कम्पनीको विरोधमा रामग्राम नगरपालिका कार्यालयबाट निस्केको विरोध र्याली जिल्ला प्रशासन कार्यालय पुगेर […]

मुख्यमन्त्री कुलप्रसाद केसीद्धारा नवलपरासीको बाढी प्रभावित क्षेत्र अवालोकन

परासी, १३ भदौ । लुम्बिनि प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले नवलपरासीको बाढी प्रभावित क्षेत्रको अवलोकन गरेका छन् । पश्चिम नवलपरासीमा बाढीले कहाँ के कति क्षति पु¥याएको र बाढीबाट प्रभावित घरपरिवार एवं क्षेत्रहरुको स्थलगत रुपमा अवलोकन गरेका हुन् ।मुख्यमन्त्री केसीले, बाढीबाट डुबानमा परेको जिल्लाको सदरमुकाम परासी बजारको अवलोकन गरेका छन् भने बाढीले प्रभावित पाल्हीनन्दन गाउँपालिका वडा […]