जनमत पार्टी नवलपरासीको संगठन बिस्तार

महेश यादव-

परासी, ८ कार्तिक । जनमत पार्टी नवलपरासीले आफ्नो संगठन बिस्तार गरि रहेको छ। मधेसी जनताले अाफ्नाे हकअधिकारका लागि जनमत पार्टी पनि एक लोकपि्रय रहेकाले सङठन न्या सदस्यहरु बढी रहेका छन। जनमत पार्टीको संगठन विस्तार कार्यक्रममा मधेसी जनताहरुले पार्टी सदस्यता हर्षाेउल्लासका साथ धमाधम लिरहेकाे पार्टीका केन्द्रीय सदस्य बालगाेविन्द चाैधरीले बताए ।

पाल्हिनन्दन गाउँपालिका वडा नम्बर -५ गेरमिमा जनमत पार्टी संगठन विस्तार कार्यक्रममा २१ सदस्यीय टाेल कमिटी गठन गरिएको छ । जनमत पार्टी मधेसी जनताको हकअधिकार दिलाउनकाे लागि चन्द्रकान्त राउत ( सिके राउत) ले पार्टी दर्ता गराएको भन्दै खुसिका साथ गेरमिका गाउँबासिहरुले पार्टी सदस्यता लिई २१ सदस्यीय टाेल कमिटी गठन गरेका छन ।

पार्टीका केन्द्रीय सदस्य बालगाेविन्द चाैधरीकाे प्रमुख अतिथामा गरिएको संगठन विस्तार कार्यक्रममा बाेल्दै प्रमुख अतिथि चाैधरीले मधेसी जनताको अधिकार दिलाउनकाे लागि पार्टीले एउटा सिंगो मधेसी जनताको लागि हरेक कडा भन्दा कडा कदम चालेर केन्द्र संम अावाज उठाउन तात्पर्य रहेको बताउनुभयो । उहाँले जनमत पार्टीले मात्र पार्टी सदस्यता लिएको अथवा पार्टीमा लागेको मधेसी जनताको लागि मात्र कार्य गर्ने पार्टी हाेईन भन्दै सिंगो मधेसी जनताको हितका लागि पार्टी दर्ता भएको बताए । साथै उहाँलेे हरेक मधेसी जनताको हकअधिकारकाे लागि अाफुस्वम अाफ्नाे ज्यानकाे बाजि लगाउन तयार रहेको समेत बताए ।

संगठन विस्तार कार्यक्रम रमेश प्रसाद गुप्ताको अध्यक्षतामा २१ सदस्यीय टाेल कमिटी गठन गरिएको हाे । साे अवसरमा अतिथिहरुमा जनमत पार्टीका सारदा कुमारी चाैधरी ,जमिर मंसुरि , अखिलेश त्रीपाठि , कृष्णकान्त चाैधरी ,गिता पाण्डे लगाएको अतिहरुकाे सहभागीता रहेको थियोे । कार्यक्रमकाे अध्यक्षता साेहराब देवानल गरेको थिए ।

Related articles

पृथ्वीचन्द्र अस्पतालमा सहयोग जुटदै

परासी, २३ असोज । जिल्लाको पृथ्वीचन्द अस्पतालमा बढदै गएको विरामी चाँप देखेर पुर्व प्रहरी महानिरिक्षक (आईजि) समेत रहेका धु्रव बहादुर प्रधानले प्रसुती गृहको माथिल्लो तल्ला थप्ने घोषणा गरेका छन् । पहिला पनि आफ्नै लगानीमा प्रसुति गृहको भवन निर्माण गरिदिएका प्रधानले सोमवार अस्पतालमा पुगेर विरामीको अवस्था हेर्दै सो घोषणा गरेका हुन् । अस्पतालमा विशेषज्ञ सेवा शुरु […]

पत्रकार महासंघ पश्चिम नवलपरासीको ११ औं बार्षिक साधारणसभा सम्पन्न

परासी, २२ पुस। नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीको ११ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ। पत्रकार महासंघका अध्यक्ष हरि शर्माको अध्यक्षता तथा नेपाल पत्रकार महासंघका केन्द्रिय बरिस्ठ उपाध्यक्ष बिपुल पोख्रेलको प्रमुख आतिथ्यतामा उक्त साधारणसभा सुनवल नगरपालिका ११ बाबा बर्दगोरियामा सम्पन्न भएको हो। सभाका प्रमुख अतिथि महासंघका केन्द्रिय बरिस्ठ उपाध्यक्ष बिपुल पोख्रेलले केक काटेर सभाको उद्घाटन […]