महेशपुरमा नि:शुल्क आँखा शिविर सम्पन्न; ९ सय ३५ जनाले लिए सेवा

रंजीत शर्मा
परासी,५ कार्तिक । पश्चिम नवलपरासीको पाल्हिनदन गाउँपालिका वार्ड नं १ महेशपुर स्थित श्री रमपुरवा साना किसान कृषि सहकारी संस्था लिमटेडको प्राङ्गणमा निःशुल्क आँखा उपचार शिविर सम्पन्न भएको छ ।

स्थानीय बासिन्दालाई गाउँमै उपचार सेवा दिने उद्देश्यले श्री रमपुरवा साना किसान कृषि सहकारी संस्था लिमिटेड पाल्हिनन्दन-१ को स्थानीय आयोजना तथा डाक्टर विनोद निता कंडेल आँखा अस्पतालले आयोजना गरेको आँखा शिविरमा ९ सय ३५ जनाले सेवा लिएको हो।

डाक्टर विनोद निता कंडेल आँखा अस्पताल परासीको आयोजना तथा डाक फाउण्डेशन पार्टनर फार एक्विटीको आर्थिक सहयोगमा आँखा शिविर आयोजना गरिएको हो ।
स्थानीयवासीको समस्यालाई ध्यानमा राखेर आँखा शिविर गर्ने निर्णय लियौँ,९ सय ३५ जनाले निःशुल्क उपचार सेवा लिए स्थानीय आयोजक संस्थाका व्यवस्थापक रेजाय अन्सारीले भने, ‘उपचार सेवा लिने महिला ५४३ र पुरुष ३९२ गरी ९ सय ३५ जना हो आगामी दिनमा थप सेवा दिने संस्था तयार रहेकाे बताए।’

शिविरमा उपचार गराएका मध्ये ३०० जनालाई आँखाको मोतियाविन्दु र मासु पलाएको भेटिएकाले थप उपचारका लागि निःशुल्क शल्यक्रिया गर्न डाक्टर विनोद निता कंडेल आँखा अस्पताल परासी लगिने छ ।

कार्यक्रम स्थानीय आयोजक श्री रमपुरवा साना किसान कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष मुजीम पाठनको अध्यक्षता तथा डाक्टर विनोद निता कंडेल आँखा अस्पताल परासीको अध्यक्ष मञ्जु कँडेलको प्रमुख अतिथिकतमा सम्पन भएको हो।

कार्यक्रममा पाल्हिनन्दन गाउँपालिका वार्ड नं १ का वार्ड अध्यक्ष लल्लन यादव, पूर्व रमपुरवा गा.वि.स. अध्यक्ष चुलाई यादव, रमपुरवा साना किसान कृषि सहकारी संस्था लिमिटेडको पूर्व अध्यक्ष महातम बिश्वकर्मा, डाक्टर विनोद निता कंडेल आँखा अस्पताल परासीका डाक्टर तथा आँखा शिविर टोली प्रमूख नेत्र मगर, समाजसेवी धर्मेन्द्र माेर्या, संस्थाको ऋण समिति संयोजक हेमन्त कानु, लेखा समिति संयोजक अभय निगम (विक्की), हरिबहादुर साहनी,पत्रकार रंजीत शर्मा,जितेन्द्र गुप्ता लगायतको उपस्थिति रहेको थियो भने स्वागत मन्तव्य संस्था सल्लाहाकार सञ्जय जयसवालले राख्नु भएका थिए ।

Related articles

बर्दघाटका युवाहरू काङ्ग्रेसमा प्रवेश

परासी, २४ असाेज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा )परित्याग गरि बर्दघाट नगरपालिकाबाट १६ जना नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन।बर्दघाट नगरपालिका वडा नम्बर ७ जिमिरेभार र वडा नम्बर १ माकरबाट गरि १६ जना युवा समुह काङ्ग्रेसमा प्रवेश गरेको नेपाली काङ्ग्रेस बर्दघाट नगर सह-सम्योजक दामोदर जिसिले बताए। नेपाली काङ्ग्रेस वडा न ७ ले आयोजना गरेको एक कार्यक्रममा […]

प्रतापपुरको क्वारेन्टाइनमा बस्नेहरुलाइ च्वनप्रास बितरण

बेलाटारी, २२ जेठ। पश्चिम नवलपरासी जिल्ला काे प्रतापपुर गाउपालिका अन्तर्गत रहेकाे अायुर्बेद शाखा ले अाज प्रतापपुर गाउपालिका वडा न ९मा रहेकाे क्वारेन्टाइन मा बसेकालाई च्वनप्रास र अस्वगन्ध बितरण गरेकाे छ ।क्वारेन्टाइन मा रहेमा नागरिकहरुकाे लागि तन्दुरुस्त रहन तथा शक्ति बढाउने उदेश्य का साथ बितरण गरिएकाे अायुर्बेद शाखाका प्रमुख दिनबन्धुु मिश्रले जानकारी दिनु भयाे। अायुर्बेद शाखाबाट […]