परासी,२६ असोज । सुनवलमा तिरुपति मार्ट (शपिङ्ग मल) संचालनमा आएको छ । सुनवल नगरपालिका नगर प्रमुख भिम बहादुर थापाक्षेत्रीले १५ करोडो लगानीमा सुनवल बजारमा उक्त मार्ट संचालनमा ल्याउनु भएको हो । यो मार्ट सुनवल बजारको एक आकर्षणको रुपमा रहेको छ ।

यस मार्टको आज एक समारोह बिच मार्टका डायरेक्टर सपना अधिकारी थापाक्षेत्री सहित सुनवल नगरपालिकाका महिला जनप्रतिनिधिहरुले एकैचोटी मार्टको रिबन काटेर मार्टको उद्घघाटन गरेका हुन् । मार्टका डायरेक्टर सपना अधिकारी थापाक्षेत्री सुनवल नगरपालिका नगर प्रमुख भिम बहादुर थापाकि श्रीमति हुन् । बिजया दशमीको मुखमा आज सप्तमीको तिथी पारी उक्त मार्टको उद्घघाटन गरि संचालनमा ल्याएको हो ।

तिरुपती ग्रुपले संचालनमा ल्याको यो मार्ट सुनवल चोकबाट १०० मिटर पुर्व राजमार्गमै बाटोको दक्षिण साईडमा अवस्थित छ । नगर प्रमुख थापा तिरुपति ग्रुपको अध्यक्ष समेत रहेका छन् । मार्टमा रेडिमेट लेडिज जेन्स फैंसी कपडालत्ता, जुत्ताचप्पल, किचेनमा प्रयोग हुने सबै प्रकारका भाँडाकुडा, गिफ्टका सामान, बच्चाका खिलौना, किराना सरसामान, तयारी खाद्यान्न, राशन, सरसफाईका सामान, फलफुल, तरकारी र घरमा आवश्यक सबै प्रकारका सर–सामाग्रीहरु उक्त मार्टमा पाईने छ । मार्ट भित्रै रेष्टुरेन्ट, मिष्ठान भण्डार, कफी एवं बेकरी शप, ब्राण्डका रकसी, रेमिटांस र पार्किङ्ग समेतको सुविधा रहेको मार्टका डायरेक्टर सपना अधिकारीले जानकारी दिनु भयो । यस मार्टमा किनमेल गर्न आउने ग्राहकले आवश्यक सबै सामानहरु पाउने डायरेक्टर अधिकारीले विश्वास दिलाउनु भयो ।

सुनवलबासीको मागको आधारमा नगर प्रमुख थापाले यत्रो लगानी गरि व्यक्ति एवं घरमा आवश्यक सबै सामानरु एकै ठाउँमा पाउने गरि मिनि भाटभाटेनी नै संचालनमा ल्याएको बताउनु भयो । यो मार्ट सुनवलबासीका लागि एक उचित र उपयुक्त मार्केट र मिट प्वाईन्टको रुपमा रहने छ । यस मार्टमा पाइने सर–सामानहरु सस्तो र गुणस्तर पनि रहने थापाले जानकारी दिनु भयो । मार्ट मार्फत कस्टुमरलाई एउटै भवनबाट विभिन्न प्रकारका सेवा प्रदान गर्न पाउँदा आफुहरु निकै खुशी रहेको मेयर थापाले जिकिर गर्नु भयो ।




