परासी, २४ असोज । नवलपरासीको पाल्हिनन्दन गाउपालिका वडा १ महेशपुरमा अवस्थित रमपुरवा साना किसान कृषि सहकारी संस्था लिमिटेडको २५ वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष मुजिम मोमिनको अध्यक्षता तथा पुर्वगृहराज्य मन्त्री सांसद देवेन्द्रराज कण्डेलको प्रमुख आतिथ्यतामा शनिवार सम्पन्न भएको हो । सभालाई प्रमुख अतिथि नेता कण्डेलले पानसमा दिप प्रज्वलन गरि कार्यक्रमको उद्दघाटन गर्नु भएको थियो ।

रमपुरवा साना किसान कृषि सहकारी संस्था वि.स २०५३ सालमा दर्ता भई हाल पाल्हीनन्दन गाउँपालिकालाई आफनो कार्यक्षेत्र बनाई अगाडी बढेको पाइएको छ । संस्थाले यस आर्थिक बर्षमा कुल १३ करोड २७ लाख २२ हजार ९६९ रुपैयाको कारोबार गरेको छ जसबाट ६० लाख ३९ हजार ८७७ रुपैया मुनाफा गरेको संस्थाका प्रबन्धक रेयाज अलि अंसारीले जानकारी दिनु भयो । प्रबन्धक अंसारीका अनुसार संस्थामा कुल १२३१ जना शेयर सदस्य छन जसमध्ये ६१२ र पुरुष ६१९ जना रहेको जानकारी दिनु भयो । संस्थाले विगतका बर्षहरुदेखि कृषि क्षेत्रमा आफनो लगानी बढाउदै हालसम्म ११ करोड ३० लाख २२ हजार ८९५ रुपैया लगानी गरेको छ । संस्थाले आव २०७७÷०७८मा मात्रै ९ करोड ४६ लाख ३५ हजार ६ सय रुपैया लगानी गरेको प्रबन्धक अंसारीले जानकारी दिनु भयो । संस्था अलिहे मुनाफामा रहेको र आगामी दिनमा आफनो कार्यक्षेत्र तथा प्रभावकारी सेवाहरु विस्तार गर्दै जाने संस्थाका अध्यक्ष मुजिम मोमिनले जानकारी दिनु भयो ।

साधारण सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं नेता देवेन्द्रराज कण्डेलले संस्थाको २५ आंै सभाको शुभकामना सहित उन्नती र प्रगतिको कामना गर्नु भयो । नेता कण्डेलले यस संस्था मार्फत एम्बुलेन्स पनि संचालन गर्नुपर्ने सुझव दिदै संस्थाका लागि २ वटा एम्बुलेन्स आफनो पहलमा ल्याउन प्रतिबद्धता जाहेर गर्नु भयो । नेता कण्डेलले आफनो निर्वाचन क्षेत्रको भौतिक तथा सामाजिक विकासका लागि आवश्यक बजेट र कार्यक्रमहर समेत यसबर्ष पार्ने आवश्वासन दिनु भयो । साथै उहाँले महेसपुर भन्सारको भौतिक पुर्वाधार विकासका लागि आवश्यक पहल समेत गरिरहेको जानकारी दिनु भयो ।

कार्यक्रममा विशिष्ट अतिथि प्रदेश सभा सदस्य बैजनाथ जयसवालले यस संस्थाको कारोबार लुघु वित्तिय संस्था एवं एक कर्मिशिलय बैंकको हैसियतमा पुगेको भन्दै यसले आफनो कार्यक्षेत्र, लगानी क्षेत्र र सेवाहरु विस्तार गर्न आवश्यक रहेको सुझाव दिनु भयो ।
कार्यक्रममा विशेष अतिथि पाल्हीनन्दन गाउँपालिका उपाध्यक्ष पावित्री कोहोर, अतिथि गाउँपालिका वडा १ का अध्यक्ष लल्लन प्रसाद यादव, उद्योग बाणिज्य संघका उपाध्यक्ष राजेश कुमार गुप्त, संस्थाका सल्लाहकार संजय कुमार जयसवाल, साना किसान विकास लघुवित्त वित्तिय लिमिटेड बुटवलका ईलाका अधिकृत निरन्जन निषाद, संस्थाका पुर्व संचालक समिति अध्यक्ष महातम विश्वकर्मा, अवधि पत्रकार संघका अध्यक्ष हुसैन अंसारी, समाजसेवी चुलाई यादव, सनराईज बोर्डिङ्ग स्कुलका प्रअ उपेन्द्र गुप्ता, पत्रकार जितेन्द्रं गुप्ता, पत्रकार रन्जित वि.क लगायतले संस्थाको सफलताको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमलाई संस्थाका प्रबन्धक रेयाज अलि अंसारीले संचालन गरेका थिए । कार्यक्रमको संस्थाका पदाधिकारी एवं सदस्यहरुले व्यवस्थापन गरेका थिए ।