महेश यादव–
परासी, २३ असोज । नेकपा माओबादी केन्द्रका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दहाल (प्रचण्ड)ले नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाको नवनिर्मित मुख्य प्रशासनिक भवनको उद्दघाटन गरेका छन् । गाउँपालिले, गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ताको अध्यक्षतामा आयोजना गरेको भवन उद्दघाटन कार्यक्रममा प्रमुख अतिथि समेत रहेका नेता प्रचण्डले शिलालेख अनावरण गरि भवनको उद्दघाटन गरेका हुन् ।
भवन उद्दघाटन कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष नेता प्रचण्डले मधेशी जनताको नागरिकताका समस्या चाँडै सामाधान हुने बताएका छन् । विगत लामोसमयदेखि नागकिरता नपाएर समस्या भोग्दै आएका अधिकांश मधशी जनताहरुलाई यस गठबन्धनको सरकारले छिटै नागरिकता वितरण गर्ने योजना रहेको बताएका हुन् ।
सभालाई सम्बोधन गर्दै नेता प्रचण्डले सुकुम्बासीलाई पनि छिटै पुर्जा वितरण गराउने योजना रहेको जिकिर गर्दै त्यसैका लागि भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय आफनो कोटामा पारी जिम्मेवारी लिएको बताए ।
कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले पालिकालाई आवश्यक बजेट र कार्यक्रम प्रदेश सरकारले सहयोग गर्ने प्रंतिबद्धता जाहेर गरे । कार्यक्रममा प्रतिनिधि सभा सदस्य पुर्व गृहराज्य मन्त्री देवेन्द्रराज कण्डेलले, यस गाउँपालिकाले प्रभावकारी योजना तथा कार्यक्रम बनाउने र प्रवाह हुने सेवा छिटोछरितो बनाउन सुझाव दिए । कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि र अतिथिहरुलाई पालिकाकि उपाध्यक्ष पावित्री कोहारले स्वागत गरेकि थिईन ।
उद्दघाटन भएको प्रशासनिक भवन ९ करोड,३४ लाख ९९ हजार रुपैयाको लागतमा निर्माण भएकोे छ । उक्त ५ तल्ले पालिका भवन सुविधा सम्पन्न रहेको छ । पालिका भवन बनेपछि कामकाज गर्न निकै सहज भएको प्रमुख प्रशासकिय अधिकृत श्रीप्रसाद गौतमले जानकारी दिए ।
कार्यक्रममा गाउँपालिकका अधयक्ष बैजु प्रसाद गुप्ताले प्रमुख अतिथि, विशिष्ट अतिथि र अतिथि लगायतका सहभागीहरुलाई धन्यबाद ज्ञापन गरेका थिए । कार्यक्रममा विभिन्न राजनितिक दलका प्रमुख प्रतिनिधि, विभिन्न पालिकाका प्रमुख उप प्रमुख र विभिन्न संघ संस्थाका प्रमुख प्रतिनिधिहरुको उपस्थिती रहेको छ । कार्यक्रममा हजार बढि जनताहरुको सहभागिता रहेको थियो ।