नवलपुर, २० असोज । नवलपुर जिल्ला समाज युके र नेपाल रेडक्रस सोसाईटी नवलपुरद्वारा जिल्लाको पहाडी क्षेत्रका कोभिड प्रभावितहरुलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ । कार्यक्रम प्रमुख अतिथि तथा अस्ट्रेलियाका लागि नेपाली पुर्व राजदुत महेश दाहालले एक समारोह विच बौंदीकाली गाउंपालिकाका प्रमुख प्रशासीय अधिकृत प्रदिपचन्द्र सुवेदीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका थिए ।
अक्समिटर, थर्ममिटर, पिपिई, फेसशिल, माक्स लगायतका सामाग्री प्रदान गरेका सहजकर्ता केबी रानाले जानकारी दिनुभयो । विपदका समयमा मातृभुमिमा केही राहत पुगोस भन्ने हेतुले स्वास्थ्य सामाग्री सहयोग गरेको नवलपुर जिल्ला समाज युकेका अध्यक्ष ईन्द्रजित सारु मगरले जानकारी दिनुभयो । समाजले गत वर्ष बौंदीकाली र बुलिङ्गटार गाउंपालिकाका ४५ घर परिवार बाढी पहिरो प्रभावितलाई नगद राहत प्रदान गरेका थिए ।