बाबा वर्दगोरियामा तिजको अवसर साता ब्यापी मेला लाग्ने

0
313

भुमही,३१ श्रावण । पर्यटकिय तथा पुरातात्कि धार्मिक स्थल बाबा बर्गगोरियामा साता ब्यापी मेलाको आयोजना हुने भएको छ । सुनवल नगरपालिकाको भुमहीमा रहेको बाबा बर्दगोरियामा तिजको अवसरमा मेला लाग्ने हुदा अहिले नगरपालिकाले सो स्थानको महत्व झल्काउनका लािग साता ब्यापी मेलाको आयोजना गर्न लागेको हो ।

यस बर्ष हरितालिका तिजको अवसरमा एक साता देखी मेला लगाउने योजना अगाडी सारिएको नगरपालिकाका मेयर भिम बहादुर थापा (भरत) ले जानकारी गराए । यसका लागि सम्बन्धित वार्ड अध्यक्षको नेतृत्वमा कार्यदल गठन गरेको उनले जनाए । सोमवार मेयर आफै स्थलगत अवलोकन गरेर मेला कहाँ लगाउने ? त्यसको उचित ब्यवस्थान कसरी गर्ने ? बारे सुझाव संकलन गरेका थिए । विभिन्न स्टलहरु लगाउने,बानल उद्यानहरुको ब्यवस्थापन गर्ने र पुजापाठलाई विधिसम्मत गराईने र पाठ बाचनका लागि धार्मिक गुरुहरु बोलाएर प्रबचन कार्य समेत गराउने गरि योजना बनिरहेको मेयर थापाले जनाए ।

पुरातत्व विभागको सुचिमा रहेको पुरातात्विक स्थल बाबा बर्दगोरिया एक ऐतिहासिक र धार्मिक महत्व बोकेको स्थान हो । जहाँ हजारौ बर्ष देखी भारत,नेपालका तिर्थालुहरु आउने गर्छन् । एक दिनमा मात्रै दुई लाख भन्दा बढि दर्शनार्थीले दर्शन गर्ने गर्छन् । दर्शन गरे मनोकामना पुरा हुने मान्यता रहेको छ । तिज ब्रत बसेका ब्रतालु महिलाले सो स्थानमा बर्दगोरिया बाबा(टाउको नभएको साँढे)को ढुगाँको मुर्तिको दर्शन गर्ने,गाईको दुध र जल अर्पण गर्ने चलन रहेको छ । प्राचिन कालमा मामी सवरिया र बर्दगोरिया(साढे)को सम्बन्धसंग यो स्थानको महत्व रहेको दन्तकथामा सुन्न पाईन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here