पाल्हीनन्दनमा कबड्डी प्रतियोगिता शुरु : पुर्व गृहराज्य मन्त्री कण्डेलद्धारा उद्धघाटन

0
642

परासी, १४ असोज । पाल्हीनन्दन गाउँपालिकामा कबड्डी (कपर्दी) प्रतियोगिता संचालन गरिएको छ । कबड्डी केलकुद समितिद्धारा गाउँपालिका वडा ३ बेलासपुरमा आयोजना गरिएको प्रतियोगिताको पुर्वगृहराज्य मन्त्री सांसद देवेन्द्रराज कण्डेलले उद्धघाटन गर्नु भएको हो । प्रतियोगिता समितिका अध्यक्ष नुरमोहम्मद पठानको अध्यक्षतथा तथा पुर्वगृहराज्य मन्त्री सांसद देवेन्द्रराज कण्डेलको प्रमुख आतिथ्यतामा शुरु गरिएको हो । उक्त प्रतियोगिताको सह आयोजक नेपाली कांग्रेस पाल्हीनन्दन ३ को ईकाई कार्यसमिति रहेको छ । उक्त प्रतियोगिताका लागि पार्टीका स्थानिय युवा नेता ब्रहमानन्दले ८० हजार रुपैया सहयोग गरेका छन् ।

प्रतियोगितमा जिल्ला भरिबाट कुल ५० वटा टिम सहभागि भएको छ । अहिले फुर्सदको बेला र आकर्षक पुरस्कारका कारणले खेलाडीहरुको उत्साहपुर्ण सहभागि रहेको पाइएको छ । प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टिमलाई २५ हजार, दित्तिय हुने टिमलाई १५ हजार र त्रित्तिय हुनेलाई १० हजार नगद पुरस्कारको व्यवस्था गरिएको नेपाली कांग्रेस पाल्हीनन्दन वडा ३ का सभापति मोहन गोसाईले जानकारी दिनु भयो ।

प्रतियोगितामा प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रिय सदस्य सांसद देवेन्द्रराज कण्डेलले स्वस्थय रहनका लागि खेलकुद आवश्यक रहेको भन्दै यस्तो खालको खेलहरुको आयोजना हुन आवश्यक रहेको बताउनु भयो । कार्यक्रममा विशिष्ट अतिथि प्रदेश सांसद बैजनाथ जयसवाल, अतिथि नेपाली कांग्रेसका जिल्ला नेता राधेश्याम पाठक, पार्टीका जिल्ला सहसचिव गजानन्दन पटेल, पार्टीको क्षेत्रिय प्रतिनिधि उपेन्द्रं गुप्ता, क्षेत्रिय प्रतिनिधि युवा नेता तबरेज खान लगायतले मन्तब्य राखेका थिए । कार्यक्रम बिसम्भर गुप्ताले संचालन गरेका थिए । उक्त प्रतियोगिता ५ दिनसम्म चल्ने आयोजक संस्थाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here