परासी बजारको अनुगमन : करिब १ लाख बराबरकाे अखाद्य बस्तु नष्ट

0
584

गाैरीशकर जयसवाल-

परासी १४ असाेज । चाड पर्व दशै तिहार नजिकिदै गर्दा पश्चिम नवलपरासीमा बजार अनुगमन तिब्र रूपमा बढेकाे छ । चाड पर्व दशै तिहारकाे बेलामा व्यापारीहरूले उपभोक्ता ठग्ने र कालाे बजारी हुने गरेकाे भन्दै जिल्ला बजार अनुगमन समितीले बजार अनुगमनलाई तिब्रता बढाईएकाे हाे ।

अनुगमन समितिले सदरमुकाम परासी बजारकाे बुद्वचाेककाे वारिपरि क्षेत्रका रहेकाे पसलहरूकाे अनुगमन गरिएकाे बजार निरीक्षण अधिकृत एवं सहायक प्रमुख जिल्ला अधिकारी जाेर सिह माझीले जानकारी दिए । उनकाे अनुसार अनुगमनको क्रममा अधिकाश किराना पसलमा म्याद गुज्रिएको अखाद्य बस्तु ,जराकाे पानीमा लेबल र भ्याद गुज्रिएको ईस्पाईटरहरू नभएकाे भेटिएकाे र उक्त बस्तुहरू नियन्त्रणमा लिई नष्ट गरिएकाे बताए ।

पसलहरूमा व्यापारिहरूले मूल्य सुर्ची नराखेकाे पाईएकाे माझीले बताए । त्यस्ता पसलहरूलाई मुल्यसुर्ची राखेर व्यवासय गर्न निर्देशन दिईएकाे र एक दुई वटा पसलमा हाेडिग बाेर्ड नराखेलाई सात दिनभित्र हाेडिग बाेर्ड राखेर फाेटाे खिचेर प्रशासनमा आउने निर्देशन दिईएकाे उनले जानकारी दिए ।

परासी बजारका अधिकाश पसलका व्यापारीहरू बिना लेबल राखेका खाद्य बस्तु प्याकिङ बेच बिखन गरेकाे पाईएकाे घरेलु तथा साना उदाेग कार्यालयका मनाेज कुमार चाैधरीले जानकारी दिए ।

बिना लेबल राखेका खाद्य बस्तु प्याकिङ बेच बिखन गर्नेलाई अनुमती लिएर मात्र बेचबिखन गर्न र लेबल राखेर बिक्री गर्न निर्देशन अनुगमन समितिले दिएकाे चाैधरीले बताए ।

अनुगमन समितिले सदरमुकाममा परासी बजारमा १२ वटा पसलमा अनुगमन गर्दा अधिकाश पसलमा म्याद गुज्रिएको खाद्य बस्तु र लेबल नभएकाे खाद्य बस्तु भेटाएकाे र करिब १लाख बराबराकाे खाद्य बस्तु नष्ट गरेकाे थियाे ।

अनुगमनमा जिल्ला प्रशासनका सहायक प्रमुख जिल्ला अधिकारी जाेर सिहमाझी, जिल्ला घरेलु तथा साना उद्योग कार्यालयका मनाेज कुमार चाैधरीप्रहरी कार्यालयका ईस्पेटर रामप्रसाद पाण्डे, रामग्राम नगरपालिका निर्मला पाेख्ररेल,पत्रकार लगायतकाे सहभागीता रहेकाे थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here