नवलपरासीमा छिटै यातायात सेवा कार्यालय स्थापना गरिने : प्रदेश मन्त्री पुर्मती ढेंगा

0
691

परासी, १२ असाेज । लुम्बिी प्रदेशको श्रमरोजगार तथा यातायात व्यवस्था मन्त्री पुर्मती ढेंगाले यातायात क्षेत्रमा देखिएका समस्याहरुको सामाधान गर्ने बताउनु भएकाे छ । नवलपरासीमा आयोजित एक अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ढेंगाले लाईसेन्स वितरण प्रकृयालाई अझै छिटो र सहज बनाउदै यसको सेवा अन्य जिल्लाहरुमा पनि विस्तार गर्ने मन्त्रालयको योजना रहेको जानकारी दिनु भएकाे हाे। उहाँले नवलपरासी जिल्लामा २ महिनामा यातायात व्यवस्था कार्यालयको सेवा कार्यालय विस्तार गर्ने योजना रहेको सुनाउदै त्यसको लागि भवन तथा कर्मचारी व्यवस्थापन गर्ने कार्य भैरहेको बताउनु भयो ।

सेवा कार्यालय विस्तारका लागि मन्त्रालयले आवश्यक प्रकृयाहरु अगाडी बढाईरहेको भन्दै यस जिल्लामा छिटै यातायातको सेवा कार्यालय आईपुग्नेमा आफुँ विस्वस्त रहेको बताउनु भयो । कार्याक्रमलाई सम्बोधन गर्दै मन्त्री ढेंगाले युवाहरुको शिप विकासका लागि विभिन्न शिपमुलक कार्यक्रमहरु ल्याई युवा स्वरोजगार बढाउने तर्फ मन्त्रालयको ध्यान निकै आकर्षण रहेको जिकिर गर्नु भयो ।

जनता समाजवादी महिला संघ पाल्हीनन्दन गाउँकार्यसमितिकि अध्यक्ष राजकुमारी कोहारको अध्यक्षतामा भएको अभिमुखीकरण कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य एवं कार्यक्रमका विशेष अतिथि पुर्व रक्षाराज्य मन्त्री रामबचन यादवले पार्टीको संगठन विस्तार गर्दै बलियो बनाउने अगुवा कार्यकर्ताहरुमा आग्रह गर्नु भयो ।

कार्यक्रममा जसपाको संघिय परिषद केन्द्रिय सदस्य रुपा मल्ल, पार्टीको प्रदेश सदस्य मन्जु चौधरी, जिल्ला अध्यक्ष धरेन्द्र यादव, पाल्हीनन्दन गाउँकार्यसमितिका संयोजक व्यासमुनी यादव, सदस्य निर्मला यादव लगायतले संगठन बलियो बनाउनेमा जोड दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here