परासी, १२ असोज । लुम्बिनी प्रदेशको कृषि खाद्य प्रविधि तथा भुमी व्यवस्था मन्त्री सुमन शर्मा रायमाझीले कृषि उत्पादन बढाउन मन्त्रालयले कृषक प्रोत्साहन कार्यक्रम ल्याएको छ । मन्त्री रायमाझीले कृषिलाई आधुनिकरण र व्यवसायिक बनाउन मन्त्रालयले कृषिविशेष ठोस योजना र कार्यक्रमहरु तयार गरि अगाडी बढिरहेको बताउनु भयो ।
जसपा नेपालको भातृत्व संगठन जनता समाजवादी महिला संघ पाल्हीनन्दन गाउँकार्यसमितिद्धारा आयोजित अभिमुखिकरण कार्यक्रममा प्रमुख अतिथि समेत रहेको मन्त्री रायमाझीले महिलाहरुलाई प्रत्यक्ष कृषिसंग जोडेर उनीहरुको आयआर्जन पक्षलाइ मजबुद बनाउन आवश्यक कार्यक्रम र बजेटहरु बिनियोजन गरिएको बताउनु भयो ।

उहाँले कृषि क्षेत्रमा देखिएको मल, बिउबिजन, सिंचाई र बजारीकरण जस्ता मुख्य समस्याहरुलाई सामाधान गर्न गम्भीर भएर लाग्ने बताउदै किसानहरुको कृषि क्षेत्रबाटै आय आर्जनको पक्षलाई बलियो बनाउने आफनो योजना रहेको जिकिर गर्नु भयो । पार्टीको प्रदेश सदस्य समेत रहेको मन्त्री रायमाझीले कार्यक्रम सम्बोधन गर्दै पार्टीको संगठनलाई चुस्तदुरुस्त बनाउन अगुवा कार्यकर्ताहरुलाई आग्रह गर्दै पार्टीका भातृत्व संगठनहरुलाई पुनःजागरण गराउदै थप सशक्त बनाउन आवश्यक रहेको जिकिर गर्नु भयो ।

कार्यक्रममा विशिष्ट अतिथि रहेको श्रमरोजगार तथा यातायात व्यवस्था मन्त्री पुर्मती ढेंगाले यातायात क्षेत्रमा देखिएका समस्याहरुको सामाधान गर्ने बताउनु भयो । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ढेंगाले लाईसेन्स वितरण प्रकृयालाई अझै छिटो र सहज बनाउदै यसको सेवा अन्य जिल्लाहरुमा पनि विस्तार गर्ने मन्त्रालयको योजना रहेको जानकारी दिनु भयो ।

उहाँले नवलपरासी जिल्लामा २ महिनामा यातायात व्यवस्था कार्यालयको सेवा कार्यालय विस्तार गर्ने योजना रहेको सुनाउदै त्यसको लागि भवन तथा कर्मचारी व्यवस्थापन गर्ने कार्य भैरहेको बताउनु भयो । सेवा कार्यालय विस्तारका लागि मन्त्रालयले आवश्यक प्रकृयाहरु अगाडी बढाईरहेको भन्दै यस जिल्लामा छिटै यातायातको सेवा कार्यालय आईपुग्नेमा आफुँ विस्वस्त रहेको बताउनु भयो । कार्याक्रमलाई सम्बोधन गर्दै मन्त्री ढेंगाले युवाहरुको शिप विकासका लागि विभिन्न शिपमुलक कार्यक्रमहरु ल्याई युवा स्वरोजगार बढाउने तर्फ मन्त्रालयको ध्यान निकै आकर्षण रहेको जिकिर गर्नु भयो ।
Jednakże mogą mu towarzyszyć skutki uboczne https://aptekaleki24.com/viagra-oryginalna-100mg/ oczywiście należy przestrzegać dawki dopuszczalnej. Cialis sprawi, że zaakceptujesz wrażliwość, z maszyny z częstotliwością jeden raz na 7 minut.

जनता समाजवादी महिला संघ पाल्हीनन्दन गाउँकार्यसमितिकि अध्यक्ष राजकुमारी कोहारको अध्यक्षतामा भएको अभिमुखीकरण कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य एवं कार्यक्रमका विशेष अतिथि पुर्व रक्षाराज्य मन्त्री रामबचन यादवले पार्टीको संगठन विस्तार गर्दै बलियो बनाउने अगुवा कार्यकर्ताहरुमा आग्रह गर्नु भयो । कार्यक्रममा जसपाको संघिय परिषद केन्द्रिय सदस्य रुपा मल्ल, पार्टीको प्रदेश सदस्य मन्जु चौधरी, जिल्ला अध्यक्ष धरेन्द्र यादव, पाल्हीनन्दन गाउँकार्यसमितिका संयोजक व्यासमुनी यादव, सदस्य निर्मला यादव लगायतले संगठन बलियो बनाउनेमा जोड दिए । कार्यक्रममा ५००सय बढि महिलाहरूकाे सहभागिता रहेकाे थियाे ।
