घरेलु हिंसा न्युनिकरण गर्न मेलमिलाप तथा संवाद परियोजना संचालन

0
602

परासी, ११ असोज । घरेलु हिंसा न्युनिकरणका लागि मेलमिलाप तथा संवाद परियोजनाको प्रारम्भीक बैठक तथा परिच्यात्मक कार्यक्रम सम्पन्न भएको छ । युनाईटेड टु मिशन नेपालको आर्थिक सहयोग तथा सुनवल सामुदायिक विकास केन्द्रको आयोजना र पाल्हीनन्दन गाउँपालिकाको समन्वयमा आयोजित कार्यक्रममा परियोजना बारे वृहद छलफल गरिएको हो । सुनवल सामुदायिक विकास केन्द्रकि अध्यक्ष सपना अधिकारी थापाक्षेत्रीको अध्यक्षता तथा पाल्हीनन्दन गाउँपालिका प्रमुख बैजु प्रसाद गुप्ताको प्रमुख आतिथ्यतामा गरिएको कार्यक्रममा परियोजनाको परिचय, उद्देश्य, कार्यक्षेत्र र परियोजनालाई कसरी प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो ।

कार्यक्रममा परियोजनाको उद्देश्य, अवधारणा र मोडालिटिका बारेमा एससीडिसीका कार्यक्रम संयोजक कृष्ण पाण्डेले प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा परियोजनाका विषयमा प्रतुत गरिएका विषयबस्तु माथि सहभागिहरुले सुझाव दिदै परियोजनाको प्रभावकारिताका लागि भरपुर सहयोग गर्ने बताए । कार्यक्रमा एससीडिसीकि अध्यक्ष सपना अधिकारी, युएमएन नवलपरासी कलस्टरकि लिडर सबु तामाङ्ग, गाउँपालिका प्रमुख बैजु प्रसाद गुप्ता, पालिकाको ६ वटै वडाका वडाअध्यक्षहरु, विभिन्न सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि बैजु प्रसाद गुप्ताले यो परियोजा निकै महत्वपुर्ण रहेको यसलाई प्रभावकारी रुपमा कार्यान्वयन गराउन पालिका भरपुर सहयोग गर्ने बताउनु भयो । घरेलु हिंसा न्युनिकरणका लागि परियोजनाले मात्र भुमिका खेलेर हुदैन हामी सबै जनपंतिनिधि र स्थानियले आ–आफनो स्तरबाट समाजलाई सचेत गराउन भुमिका खेल्न आवश्यक रहेको अध्यक्ष गुप्ताले बताउनु भयो ।

कार्यक्रममा एससीडिसीकि अध्यक्ष सपना अधिकारी थापाक्षेत्रीले परियोजनाको उद्देश्य प्रताप्तीका लागि सबै सरोकारवालाहरुले साथ दिन आग्रह गर्दै घरेलु हिंसा न्युनिकरण गर्न जनताहरुलाई संवाद मार्फत सचेत गराउन सबैको अहम भुमिका रहने बताउनु भयो । यो परियोजना ३बर्षका लागि पाल्हीनन्दन गाउँपालिकाको १,२,३,४ वडामा संचालन रहेको सामाजिक परिचालक रुपा भट्टराईले जानकारी दिनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here