परासी, १० असोज । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाले ७० प्रतिशत अनुदानमा गरिब तथा विपन्न घरपरिवारलाई ग्यासचुलो वितरण गरिरहको छ । गाउँपालिकाको ६ वटै वडाका ८६४ गरिब विपन्न घरपरिवारलाई ग्यास चुलोमा खाना पकाउन सहजहोस भनि ग्यासचुलो सेट नै वितरण भैरहेको छ ।
गत शुक्रबार ८ गतेदेखि नै वडाका ६ का गरिब तथा विपन्न परिवारलाई ग्यासचुलो वितरण कार्य शुरु गरिएको हो । गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ताले ग्यास चुलो वितरण गर्दै यस गाउँपालिकाका अधिकांश परिवारले गोबरको गुईठा र दाउराको प्रयोग गरी खाना पकाउँदा त्यसबाट निस्किने धुँवाले उनीहरुको स्वास्थ्यमा नाकारात्मक असर गरि स्वास्थ्यमा समस्या आउने गरेकोले त्यो समस्याको सामाधान गर्न यो ग्यासचुलो वितरण गरिरहेको बताउनु भयो ।
ग्यासचुलो वितरणका लागि गाउँपालिकाले एक ठोस कार्यविधि बनाएर ६ वटै वडाबाट ८६४ लाभग्राही परिवार छनौट गरि ग्यासचुलो वितरण कार्य थालेको प्रमुख प्रशासकिय अधिकृत श्रीप्रसाद गौतमले जानकारी दिनु भयो ।
आईतबार विहानसम्म वडा ३ र ६ का गरि २६५ जनालाई ग्यास चुलो वितरण भैसकेको र अरु गरिबविपन्न परिवारहरुलाई क्रमशः वितरण गरिने गाउँपालिकाको विपद व्यवस्थापन फोकल पर्सन प्रदिप तिवारीले जानकारी दिनु भयो । कोभिड–१९को संक्रमणलाई ध्यानमा राखी भिडभाड नगरार्य वडावाईज ग्यास चुलो वितरण कार्य भैरहेको तिवारीले जानकारी दिनु भयो ।
पालिकाले वितरण गरिरहेको ग्यासचुलो सेटलाई ५ हजार ७८५ रुपैया परेको छ जुन ७० प्रतिशत अनुदानमा वितरण भैरहेको छ । उक्त ग्यास चुलो प्राप्तीका लागि लाभग्राही परिवारले ३० प्रतिशतको १७३६ रुपैया मात्र व्यवहोर्नुपर्ने फोकल पर्सन तिवारीले जानकारी दिनु भयो । वितरणमा एकथान भरिकाएको ग्यास सिलिन्डर, चुलो, रेगुलेटर, पाईप र किचेनमा प्रयोगहुने केहि उपकरणहरु रहेको पालिकाले जनाएको छ । ग्यासचुलो वितरणमा सम्बन्धित वडाका वडाअध्यक्षहरु, कर्मचारीहरु सघाईरहेका छन् ।