रामग्रामले बनायाे ५ वटा नमुना गाउँ

0
648

परासी, ७ असोज । रामग्राम नगरपालिकाले पुर्वाधार विकासमा ५ वटा गाउँलाई नमुना गाउँ बनाएको छ । नवलपरासी पश्चिमको रामग्राम नगरपालिकाले नगरको ५ वटा गाउँमा भौतिक पुर्वधार विकास गरि गाउँलाई सुन्दरीकरण गरेको छ । पालिकाले वडा ७ को उजैनी, वडा ९ को जोकवार–ललितपुर, वडा १० को लंकहवाँ, वडा ११ को रानीपाकड र वडा १२ को कुनवार गाउँमा भौतिक पुर्वाधार विकास गरि ति गाउँहरुलाई नमुना गाउँको रुपमा विकास गरेको छ । सघन शहरी पुर्वाधार विकास कार्यक्रम अन्तर्गत नगरपालिकाले छनौट गरेका ति ५ वटा नमुना बस्ती विकासका लागि गाउमा बाटो, ढलनाला, फुतफात निर्माण गरि व्यस्थित गाउँ बनाइएको नगरपालिकाका नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले जानकारी दिनु भयो ।

शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय चितवनको ४८ करोड लगानीमा नगरपालिकाले छनौट गरेको उक्त नगरका गौरव योजना दिवा एमके जेभी काठमाण्डौले सम्पन्न गरेको नगरपालिकाको प्राविधिक शाखा प्रमुख ईन्जिनियर सतिश गुप्ताले जानकारी दिनु भयो ।
ईन्जिनियर गुप्ताका अनुसार ति ५ वटै गाउँमा गरि कुल ११.३ किलोमिटर दुरी कालोपत्रे बाटो निर्माण गरिएको छ भने १९ किलोमिटर दुबैसाईड नाला र २२ किलोमिटर दुबै साईड फुतपाथ निर्माण गरिएको जानकारी दिनु भयो । नेपाल सरकारले तराई जिल्लाको सदरमुकाम विकास गर्नका लागि नवलपरासी पश्चिममा मात्रै झण्डै २ अर्ब रुपैया लगानी ग¥यो । प्राप्त ति बजेटबाट बुद्धचोक देखि निलो गेटसम्म ढल, फुतफात सहित फोरलेन बाटो निर्माण गरियो । त्यसै रकमबाट बाईपासदेखि महेसपुर चोक र झरही नदीदेखि मंझरिया चोकसम्मको बाटो पनि निर्माण भैरहेको छ भने परासीको साप्ताहिक हाटबजार र ति ५ वटा नुमना गाउँहरुमा भौतिक पुर्वधारको विकास गरिएको ईन्जिनियर गुप्ताले जानकारी दिनु भयो ।

ति ५ वटै गाउँमा बनाइएको कालोपत्रे बाटो झलझलती चम्कि रहेको छ । गाउँमा बाटो, ढलनिकास र फुतफात बनेपछि गाउँको सुन्दरता बढनुका साथै स्थानियहरु निकै लाभ समेत लिईरहेको नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले जानकारी दिनु भयो । पुर्वधारमा नमुना बनाइएका ति गाउँहरुमा अब हरियाली बनाउन वृहद वृक्षारोपण गर्ने, सोलारबत्ति र ट्राफिक नियमका सिग्नल जडान गर्ने र विभिन्न चेत्नामुलक साईनबोर्डहरु राखिने नगर प्रमुख गुप्ताले जानकारी दिनु भयो । ति गाउँहरुका खरफुसका घरहरुलाई पनि व्यस्थित गर्ने पालिको योजना रहेको छ । यस्तो चिल्लो बाटो र ढल फुतपाथ जिल्लाका अरु पालिकामा छैन । बाटो र फुतफाथले ति गाउँहरुमा ल्याएको सुन्दरता हेर्न लायक छ । बनाइएका बाटाहरुमा फोहोर र निर्माण सामाग्री नराख्न स्थानियलाई नगरपालिकाले आग्रह गर्दै ति बाटो र ढलहरुको संरक्षणमा सम्बन्धित वडाका जनप्रतिनिधि र स्थानियहरु लाग्नपर्ने पालिकाले आग्रह गरेकाे छ ।

नगर प्रमुख गुप्ताले आगामी आर्थिक बर्षमा नगरका विकट र पर्यटयिक क्षेत्र रहेका गाउँहरुलाई प्राथमिकतामा राखी यस्तै खालको बाटोहरु निर्माण गर्ने योजना रहेको बताउनु भयो । पालिकाले परासीको सुन्दरीकरणका लागि महेसपुर चोकमा घण्टाघर समेत निर्माण गरिहेको छ भने रागम्राम ६ पोखरापालीमा व्यस्थत मनोरम पार्क पनि बनाई रहेको पालिकाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here