बाढीबाट मृत्युु भएको परिवारलाई सांसद कंडेलद्वारा आर्थिक सहयोग

0
525

उमेश बि.क- परासी , ६ असाेज । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर १३ पाडाटिकर ,शिवानगढ,कन्चनहवा लगायतका बाढी प्रभाबित ३२ घर धुरीलाई राहत प्रदान गरिएको छ ।

गत भाद्र १० मा अाएकाे भिषण बर्षाकाे कारण बाढी प्रभावित ३२ घर परिवारलाई माइती नेपालको सहकार्यमा आज एक कार्यक्रम बिच वडा सभापति भगौती यादवको सभापतित्वमा तथा पुर्व गृहराज्यमन्त्री एवम सांसद देवेन्द्रराज कण्डेलको प्रमुख आतिथ्यतामा राहत वितरण गरिएको हाे।

राहत हस्तान्तरण गर्दै सांसद कण्डेलले बाढी प्रभावितलाई थोरै भएपनि राहत मिलोस भनेर राहत वितरण गरिएको बताउदै ‘अाफुहरुले खासै ठूलो सहयोग नगरे तरपनि बाढी र डुबानले बनाएको घाउमा थोरै भएपनि मल्हम लगाउन खाेजेकाे बताउनु भएको हाे। बाढीबाट पिडित परिवारलाई यस्तो विपदका बेला आवश्यक सहयोग र समस्याको दिर्घकालिन सामाधान गर्न अाफु लागी परेको बताउनु भएको हाे। बाढीले नवलपरासीमा जनधनको क्षति गरेकोले यश दुखकाे समयमा अाफुले जनताकाे दुखमा साथ रहेको बताउदै नवलपरासीको समग्र विकासमा अाफु लागि परेको बताउनु भएको हाे। वहाँले दु:खमा परेका जनताको साथमा आफू व्यत्तिगत र पार्टीको तर्फबाट सँधै साथमा रहेको उल्लेख गरे ।

राहतमा २५ के जी चामल,नुन,तेल,दाल,चिउरा,चना,चिनी,सोयाबिन लगाएतकाे खाद्यान्न सामाग्री वितरण गरिएको सांसद कण्डेलका स्वकीय सचिव कमल किशोर रायमाझीले राष्ट्रिय दैनिकलाई जानकारी दिनुभएको हाे।

साथै सोही प्रकोपमा बाढीबाट मृत्यु भएका रामग्राम-१८ पम्फापुरका स्व.उदय पासी तथा प्रदिप पासीको परिवारजनलाई नेपाली काङ्ग्रेस केन्द्रिय बिपद ब्यवस्थापन बिभागको तर्फबाट जनही २५/२५ हजार तथा सांसद कण्डेलद्वारा थप ५० हजार गरि कुल १ लाख काजकिरिया हेतु आर्थिक सहयोग प्रदान गरिएको स्वकीय सचिव रायमाझीले जानकारी दिनुभएको हाे।

राहत वितरण कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य बैजनाथ जैसवाल , जिल्ला समन्वय समिति प्रमुख शिव संकर राय ,नेपाली काङ्ग्रेसका नेता माेहन प्रसाद शर्मा , रामग्राम नगरपालिका उपमेयर रम्भा कुवर , काङ्ग्रेस नेता अनिल गाैड ,राधेश्याम पाठक ,गजानन्द पटेल,श्रीधर बस्याल ,देवराज भण्डारी , नगर कार्यपालिका सदस्य सुनिता श्रेष्ठ लगाएतकाे सहभागीतामा वितरण भएको हाे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here