बाढि प्रभावित किसानहरूलाई आवसशान हैन काम गरेर देखाउने कृषि तथा भूमि व्यवस्था मन्त्री रामयझी

0
579

गाैरीशंकर जयसवाल- परासी २ असाेज ।लुम्बिनी प्रदेश सरकारका कृषि खाध प्रबिधि तथा भूमि व्यवस्था मन्त्री सुमन रामयझीले नवलपरासीका बाढिबाट प्रभावित किसानहरूलाई राहतमा पाउन बाट निराश हुन नदिने बताएकि छिन । उनले भनिन् किसानहरूलाई मेराेआवशासन मात्र हैन म काम गरेर देखाउने र किसानहरूलाई निराश हुन नदिने बताईन ।

आज पश्चिम नवलपरासीकाे पाल्हिनन्दन वडा न१ शकरपुरंका विभिन्न क्षेत्रका बाढिबाट प्रभावित किसानहरू धानबालि निरिक्षण तथा कृषक हकहित संरक्षण मंच नवलपरासीले आयाेजना गरेकाे मन्त्री स्वगत कार्यक्रममा बाेल्दै मन्त्री रायमाझीले प्रदेश सरकारले पहिलाे प्रथामिकता वस्ताविक किसानहरूलाई राहत अनुदान दिने याेजना रहेकाे बताईन ।

दुख पााएका किसानहरूलाई अनुदान दिने र किसानहरूको आवश्यकता के छ त्यहि अनुसार कृषिमा कृषकहरूलाई अनुदान उपलब्ध गराउने मन्त्री रायमाझीकाे भनाई थियाे ।
बाढिबाट प्रभावित किसानहरूकाे डाटा संकलन गरि वास्तविक बाढि प्रभावित किसानहरूलाई राहत दिने बताईन । बाढि प्रभाबित किसानहरूलाई माथि उकास्ने गरि प्रदेश सरकारले छिटै राहत र अनुदान उपलब्ध गराउने समेत मन्त्री रायमाझीले प्रतिबद्धता व्यक्त गरेकी छिन ।

प्रदेश सरकारबाट बिशेष महिला कृषकहरूलाई अनुदानमा उपलब्ध गराउने मेराे याेजना रहेकाे मन्त्री रायमाझीकाे भनाई छ । उनले भनिन् बिशेष गरि महिलाहरूलाई कृषिमा निर्भर गराउने र महिलाहरूकाे लागि कृषि समूह बनाएर विशेष अनुदान दिने बताउदै म महिलामन्त्रि भएकाे नाताले मेराे तर्फबाट महिलाहरूलाई कृषि पेशालाई उजागर गर्नकाे लागि महिलाहरूलाई अनुदान उपलब्धता गराउन पहिलाे प्रथामिकता र याेजना रहेकाे बताईन ।

भदाै ११ गते आएकाे बाढिले नवलपरासीमा ठुलाे धनक्षेति पुयाएकाे थियाे ।साे अवसरमा कृषि ज्ञान केन्द्र परासीका प्रमुख देबेश कुमार मिश्रा,र कृषक हकहित संरक्षण मंच नवलपरासीका अध्यक्ष शम्भु प्रसाद उपाध्यायले बाढि प्रभावित किसानहरूकाे सामस्याबारे जानकारी गराएका थिए ।

यस्तै बाढिकाे कारणले कृषि ज्ञान केन्द्र कार्यालय डुबानमा परेकाे त्यस कार्यालयमा भएकाे क्षेतिकाे बारे प्रमुख मिश्राले जानकारी गराएका थिए भने कृषि ज्ञान केन्द्र कार्यालयकाे मन्त्री रायमाझीले निरीक्षण गरेकी थिईन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here