रामग्राम प्याब्सनको अध्यक्षमा बलिराम यादव, पाल्हीनन्दन प्याब्सनमा सुरेश सिंह चयन

0
629

परासी, १ असोज । रामग्राम प्याब्सन नगर कार्यसमितिको अध्यक्ष पदमा बलिराम यादव चयन भएका छन् । रामग्राम प्याब्सन नगर कार्यसमितिको दोश्रो अधिवेशनबाट द प्याराडाईज नेश्नल ईङ्गिलश बोर्डिङ्ग स्कुलका प्रिन्सिपल बलिराम यादव सर्वसम्मत रुपले अध्यक्ष पदमा चयन भएका हुन् । प्याब्सन नगर कार्यसमितिका निवर्तमान अध्यक्ष अभिनाश रेग्मीको अध्यक्षता तथा केन्द्रिय प्याब्सनका सल्लाहकार सुमन गोपाल आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको दोश्रो अधिवेशनबाट रामग्राम प्याब्सन बलिराम यादवको अध्यक्षतामा कार्यसमिति चयन गरिएको हो ।

प्याब्सन नगर कार्यसमितिको सचिव पदमा भगौती यादव, कोषाध्यक्ष पदमा जनार्दन ठाकुर, सदस्यमा अशोक श्रेष्ठ चयन भएका निवर्तमान अध्यक्ष अभिनाश रेग्मीले जानकारी दिनु भयो । त्यसैबिच पाल्हीनन्दन प्याब्सन गाउँकार्यसमितिको फोकल पर्सनमा ज्ञानज्योती ईन्ग्लिस बोर्डिङ्ग स्कुलका प्रिन्सिपल सुरेश सिंह, सचिवमा संजय सहानी, कोषाध्यक्षमा अजय चौधरी, सदस्यमा कमलेश माली, रमाशंकर हरिजन पनि सर्वसम्मत रुपले चयन भएका हुन् । निर्वाचति दुबै कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुलाई निर्वाचन मण्डलका संयोजक राधेरमण पाण्डेले सपथ ग्रहण गराएका थिए ।

नगर प्याब्सनका निवर्तमान अध्यक्ष अभिनाश रेग्मी नेतृत्वको तिन बर्षे कार्यसमितिलाई विभिन्न क्षेत्रबाट सहयोग संघसंस्थाहरुलाई सम्मानित समेत गरिएको थियो । निवर्तमान अध्यक्ष रेग्मीले कार्यक्रममा रामग्राम प्याब्सनलाई संचार क्षेत्रमा सहयोग गर्ने रेडियो परासी, रेडियो सेटलाईट, नन्दन पोष्ट र राष्ट्रिय दैनिक अनलाइर्न, एन टेलिभिजन गरि ५ संचार माध्यमलाई गरेका थिए । त्यस्तै संघसंस्थाको तर्फबाट रोटरी क्लब अफ नवलपरासी, लायन्स क्लब अफ रामग्राम, लायन्ब क्लब अफ बुद्धभुमी परासी, रामग्राम जेजिस, रामग्राम महिला जेसिज, युनिक बेबिकेयर स्कुल लगायत विभिन्न नगरका संस्थागत विद्यालयहरुलाई सम्मान गरेका थिए । निवर्तमान अध्यक्ष रेग्मीले नवनिर्वाचित दुबै कार्यसमितिलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेका थिए ।

कार्यक्रम प्रमुख अतिथि केन्द्रिय प्याब्सनका सल्लाहकार सुमन गोपाल आचार्य, विशेष अतिथि केन्द्रिंय प्याब्सनका सचिवालय सदस्य यम बहादुर थापा, प्याब्सन जिल्ला बरिष्ट उपाध्यक्ष रोधरमण पाण्डे, उपाध्यक्षद्धय घुरहु यादव, डम्बर बहादुर गुरुङ्ग, सुनवल प्याब्सनका अध्यक्ष कृष्ण शर्मा, रेडियो परासीका प्रबन्धक मेघराज गौतम, लायन्स क्लब अफ रामग्रामका अध्यक्ष सम्झना चौधरी लगायतले संस्थागत विद्यालयहरु शैक्षिक गुणस्तर र संस्थागत सुधारमा ध्यान दिनुपर्ने जोड दिएका थिए ।

त्यसै कार्यक्रम बिच प्याब्सनको जिल्ला अध्यक्ष पदमा बर्तमान बरिष्ठ उपाध्यक्ष राधेरमण पाण्डे, उपाध्यक्ष डम्बर बहादुर गुरुङ्गले आफनो उम्मेदवारी समेत घोष्णा गरेका थिए । त्यस्तै जिल्ला सचिव पदमा रामग्राम प्याब्सनका निवर्तमान अध्यक्ष अभिनाश रेग्मीले आफनो उम्मेदवारी घोष्णा गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here