बर्दघाटका बाढिपिडितलाई खाद्यान्न तथा स्वास्थ्य समाग्री वितरण

परासी, ३१ भदौ । कर्णाली एकिकृत ग्रामिण विकास तथा अनुसन्धान केन्द्र किडार्क नेपाल स्टार्ट फण्ड नेपालको आर्थिक सहयोग र एक्शन एड नेपालको  प्राविधिक सहयोग तथा एष्ट्रोम फाउडेशन एबिसि नेपालको सहकार्यमा बाढि प्रतिकार्य परियोजना अन्र्तगत विहिबार बर्दघाट ४ का बाढिपिडितहरुलाई खाद्यान्न तथा स्वास्थ्य समाग्री वितरण गरिएको छ । बर्दघाट नगरपालिकाका कार्यपालिका सदस्य लुकुणी चमारको अध्यक्षता तथा किर्डाकका परियोजना समयोजक कृष्ण रावलको आतिथ्यतामा सम्पन्न राहत वितरण कार्यक्रममा परियोजनाको उदेश्य तथा कार्यक्रमको बारेमा परियोजना समयोजक रावलले प्रष्ट पार्नुभएको थियो । सो अवसरमा शिवा स्मृति टोल विकास सस्थाका अध्यक्ष रमेश ज्ञवली लगाएतका वक्ताहरुले मन्तब्य राख्दै परियोजनाले यस बाढि प्रभावित क्षेत्रमा आई पिडितहरुलाई अति आवश्यक समाग्री सहित खाद्यान्न सहयोग गरेकोमा धन्यबाद ब्यक्त गरेका थिए । कार्यक्रममा गत भाद्र महिनामा परेको अविरल बर्षाका कारण डुबानमा परेको तथा बाढि प्रभावित बर्दघाट ४ को स्मृति टोलका एक सय घर परिवारलाई चामल, दाल, नुन, चिनि, तेल, चिउरा, त्रृपाल, बाल्टी, जग, फिलेन, सिनेटेरि प्याड, मास्क, सेनिटाइजर, साबुन लगाएत १६ प्रकारका प्रति घरपरिवारलाई ७ हजार ५ सय ७६ रुपिया ५० पैसा बराबरको समाग्रीहरु वितरण गरिएको परियोजनाका जिल्ला समयोजक विश्वराज लामिछानेले जानकारी दिनुभएको छ । कार्यक्रममा जनप्रतिनिधि, स्थानिय समाजसेवी, परियोजनाका कर्मचारी, सहयोगी सस्थाका प्रतिनिधि, पत्रकार लगाएत बाढि प्रभावित परिवारको उपस्थिती रहेको थियो । परियोजनाले बुधबार मात्रै नवलपरासी पुर्व हुप्सेकोट गाउपालिकामा बर्षाका कारण खसेको पहिरो पिडित एक सय घरपरिवारलाई सोही बराबरको समाग्री वितरण गरिसकिएको र आगामी दिनमा सरावल, प्रतापपुर र पाल्हीनन्दन गाउपालिकामा समेत वितरण गर्ने योजना रहेको समयोजक लामिछानेले जानकारी दिनुभएको छ ।

Related articles

सरावल गाउँपालिकाद्वारा बाढी प्रभावित क्षेत्रलाई उद्धार सामाग्री हस्तान्तरण

उमेश बि.क / नवलपरासी ,४ असार। बाढीको उच्च जोखिममा रहेको पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ६ मा विपदका समयमा हुन सक्ने क्षति र त्यसको जोखिम न्यूनिकरणका लागि शुक्रबार अत्यावश्यक खोज तथा उद्धार सामाग्री हस्तान्तरण गरिएको छ । सरावल गाउँपालिकाको सहयोगमा सरावल ६ रामपुर खडाैनामा अवस्थित अलहुदा संस्था (मानव सेवा संस्था ) मातहतमा रहने गरि […]

ढल निर्माणमा कमसल ईट्टाको प्रयोग : ठेकेदारको बजेट कुम्ल्याउने दाउ

परासी, ७ पुष । ठेकेदारले ढल निर्माणमा कमसल ईट्टा प्रयोग गरि अनियमितता गरिरहेको आरोप लगाइएको छ । तराई जिल्लाको सदरमुकाम विकास कार्यक्रम अन्तर्गत नवलपरासीको सदर मुकाम परासीको पोखरापालीमा भैरहेको ढल निर्माणको सोलिङ्गमा ठेकेदारले कमसल ईट्टा प्रयोग गरि अनियमितता गर्न खोजेको आरोप लगाइएको हो । झरही खोलादेखि मन्झरिया चोकसम्म दुबै साईडमा ढलसहित कालोपत्रे गर्ने बाटोमा, निर्माणाधिन […]