नवलपरासी प्रहरीद्धारा २ महिनामा साढे २ करोड राजस्व दाखिाला, १० जना फरार अभियुक्त पक्राउ

0
620

परासी, ३० भदौ । जिल्ला प्रहरी कार्यालय नवलपरासीले दुई महिनामा २ करोड ४९ लाख ४५ हजार २ सय ११ मुल्य बराबरको राजश्व दाखिला गरेको छ । प्रहरीले जिल्लाको बिभिन्न नाकाबाट भन्सार छली नेपाल भित्राई रहेको बिभिन्न किराना सामान, हार्डवेयरको सामान, लत्ताकपडा, ईलेक्ट्रोनिक सामान, सवारी साधनका पार्टपुर्जाहरु र नेपालबाट भारत लैजादै गरेको हरियो केराउ बरामद गरी आवश्यक कारवाहीको लागि महेसपुर भन्सार तथा राजश्व अनुसन्धान कार्यालयमा बुझाईएको प्रहरीले जनाएको छ ।

उक्त सरसमानहरु २ करोड १३ लाख २९ हजार ४ सय ११ मुल्य बराबरको रहेको प्रहरीले जनाएको छ । जिल्लामा प्रहरी उपरिक्षक मनोज कुमार यादव आएपछि दुई महिनाको उक्त प्रगति रहेको प्रहरीले जनाएको छ । प्रहरी उपरिक्षक यादवको निर्देशनमा जिल्लामा बढदो चोरी तस्करी तथा अपराध न्युनिकरणमा प्रहरी सक्रियता बढाएको छ ।

जिल्ला प्रहरी कार्यालयले तथ्याङ्क सार्वजनि गर्दै उक्त दुई महिनाको अवधीमै नदीजन्य पदार्थको अवैध उत्खननमा संलग्न १५ वटा ट्याक्टर, २ वटा जेसीबी समेत पक्राउ गरी आवश्यक कारवाहीको लागि सम्बन्धित स्थानीय तहमा बुझाईएको छ जसबाट ३ लाख ५ हजार मुल्य बराबर राजश्व दाखिला भएको प्रहरीले जनाएको छ ।

त्यसैगरि प्रहरीले ३२ लाख ९० हजार श्रोत नखुलेको रकम सहित २ जना व्यक्तीलाई पक्राउ गरी कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाएको छ । त्यस्तै यसै अवधीमा प्रहरीले २० हजार ८ सय मुल्य बराबरको अवैध काठ बरामद गरी डिभिजन वन कार्यालयमा बुझाएको जनाएको छ ।

यता प्रहरीले उक्त अवधीमा प्रहरीले १० के.जी. चरेश, १३१ एम्पुल डाईजापाम, १३१ एम्पुल नुफिन, १३१ एम्पुल फेनारगन, २२५ ट्याब्लेट नाईट्राभेट, २६१ क्याप्सुल स्पास्मो, ८ सि.सि. कोरेक्स लगायतका लागुऔषध सहित १२ जना मानिस पक्राउ गरी लागु औषध मुद्धामा मुद्धा दर्ता गरी कानुन बमोजिम कारबाही गराएको छ । यसै अवधीमा प्रहरीले १० जना फरार अभियुक्त पक्राउ गरी सम्मानीत अदालतमा बुझाएको जनाएको छ । जिल्लामा प्रहरी उपरीक्षक मनोज कुमार यादव २०७८ असार १३ गतेदेखि हाजिर भएपछिका यि प्रगतिहरु रहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here