सुनवलकाे तुरीयामा बेलब्रिज पुल तयार : यातायात आवागमन सुचारु

0
644

परासी, ३० भदौ । पुल भासिएर गत भदौ ११ गतेबाट अबरुद्ध रहेको बुटवल नारायण सडक खण्ड अन्तर्गत पश्चिम नवलपरासीको सुनवल स्थित तुरिया खोला पुलमा बेलीबृज तयार गरी गरी आजबाट सवारी आवागन सुचारु भएको छ  ।

बाढीका कारण पुल भासिदा गत भदौ ११ गतेबाट उक्त पुलबाट यातायात आवागमन अबरुद्ध रहदै आएको थियो । सडक डिभिजन कार्यालय बुटवलका अनुसार पुलको माथी बेलीबृज तयार गरी बेलीबृज मार्फत यातायात आवागमन सुरु गरिएको हो  ।

तत्कालका लागी बस कार जिप लगायतका २० टन सम्मका सवारी साधन एकपटकमा एउटा मात्र आवागमन हुने गरी यातायात आवागमन सुचारु गरिएको सडक डिभिजन कार्यालय बुटवलका प्रमुख जयलाल मरासिनीले  जानकारी दिनुभयो  ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here