बिप्लव निकट युवा संगठन नेपालले तीन बुद्दे माग सहित बुझायो ज्ञापनपत्र

परासी, भदौ ३० ।विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल नवलपरासीले जिल्ला प्रशासन कार्यलयमा ज्ञापनपत्र बुझाएको छ । संगठनले ३ बुद्दे माग सहित ज्ञापनपत्र बुझाएको हो।

युवा संगठनले नेपाल कम्युनिस्ट पार्टी र नेपाल सरकार बीच गत २०७७ फाल्गुन २१ गते भएको तीन बुद्दे सहमति कार्यनयनको माग गर्दै सहायक सिडियो जोरा सिंह माझी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो।

ज्ञापनपत्रमा लेखिएको छ”हाम्रो पार्टीले देशमा भएका संस्थागत भ्रष्टाचार,तथा बिभिन्न संघ संस्थाहरुले राज्यलाई कर छली बिरुद्ध कार्य गर्दै आइरहेको क्रममा केपी ओली नेतृत्वको सरकारले पार्टी माथी २ बर्ष राजनैतिक प्रतिबन्ध लगायो। पार्टीले उठाउदै आएका राजनीतिक विषयहरु र नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको राजनैतिक प्रतिबन्धका विषयमा नेपाल सरकार र नेकपाको बिचमा पटक-पटक वार्ता बसि दुबै पक्षको सकारात्मक प्रयत्नबाट २०७७ फागुन २१ गते तीन बुद्दे सहमति गरि नयाँ राजनीतिक कोर्षको सुरुवात भएको थियो। तीन बुद्दे सहमतिमा उल्लेख भएको प्रतिबन्ध फुकुवा गर्ने बाहेक अरु कुनै पनि बुंदाहरु लागू नभएको बताए।

कुनै पनि राजनीतिक शक्तिसँग राज्यले गर्ने राजनीतिक सहमतिहरुलाई इमान्दारिताका साय लागू गर्नुपर्दछ।अन्यथा राज्यप्रतिको अविश्वास बढ्दै जाने र विगतमा भएका सम्झौताहरु राज्यद्वारा उलङ्घन गर्दै आएको इतिहासको परिणाम स्वरूप तीन बुद्दे सहमति कार्यान्वयनमा देखा परेको ढिलासुस्ती गरेको खोजेको संगठनले आरोप लगाएको छ।

ज्ञापनपत्रमा राजनीतिक आस्थाका आधारमा लगाएका झुट्टामुद्दाहरु तुरुन्त खारेज गर,राजनीतिक आस्थाका अधारमा बन्दी बनाएका आस्थाका बन्दीहरूलाई निःशर्त रिहाई गर,जनमत संग्रहका लागि उचित वातावरण तयार गर जस्ता तीन बुद्दे माग उल्लेख्य गरेका छ्न।

नेपाल कम्युनिस्ट पार्टीसँग गरिएको तीन बँदे सहमतिलाई कार्यान्वयन गरिएन भने अन्य सर्घषका कार्यक्रम गर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

ज्ञापनपत्र बुझ्दै सहायक सिडियो माझिले नेकपाका संग भएको ३ बुद्दे सहमति कार्यनयनका लागि गृहमन्त्रालयको निर्देशन अनुसारनै जस्तोसुकै अवस्था एवं हरबखत नेताकार्यकर्ता रिहाइ गर्ने प्रतिबद्धता जनाउनु भएको पार्टीका जिल्ला सदस्य एवं बर्दघाट नगर इन्चार्ज प्रतापले जानकारी दिनु भयो।

Related articles

उच्च रक्तचापमा शल्यक्रियाः कति जटिल, कति जोखिम ?

काठमाडाै, ४ कार्तिक । अहिले धेरैजसोले उच्च रक्तचापको औषधी सेवन गरिरहेका छन् । यो समस्या हरेकजसोको घर-घरमा छ । उच्च रक्तचाप आफैमा यस्तो समस्या हो, जसले अरु समस्याहरु जन्माइदिन्छ । खासगरी मुटु, मिर्गौंला आदिको समस्यामा उच्च रक्तचाप जिम्मेवार मानिन्छ । जब उच्च रक्तचाप हुन्छ, कतिपय उपचार पद्धतीमा पनि जटिलता आउन सक्छ । यहाँ उप्काउन लागेको […]

घुस लिएको आरोपमा जनकपुर यातायात कार्यालयका सहयोगीसहित दुईजना पक्राउ

काठमाडौं, १४ माघ । यातायात व्यवस्था कार्यालय जनकपुरधामका कार्यालय सहयोगी र एकजना बिचौलिया घुस लिएको आरोपमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिएको टोलीले कार्यालय सहयोगी भोगेन्द्र कापर र बिचौलियाको काम गर्दै आएका जनकपुरधाम उपमहानगरपालिका-१० बस्ने राजकिशोर भगतलाई नियन्त्रणमा लिएको हो । स्काभेटर र लोडरको लाइसेन्सका लागि सञ्चालित अन्तिम परीक्षामा सहभागी […]