थुम्सीमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु, २४ जना घाइते

0
558

कावासाेती, २९ भदाै । पूर्व पश्चिम राजमार्ग अन्र्तगत गैडाकोट नगरपालिका १० स्मृतिपुल नजिक थुम्सिमा सवारी दुर्घटना हुदा तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्य नवलपुरका अनुसार कॉकडभिट्टाबाट महेन्द्रनगर जादै गरेको सु.प्र–०२–००१ ख ११२३ नंको बस र विपरित दिशाबाट आउदै गरेको ना ६ ख ७१२६ नंको ट्रक एक आपसमा ठक्कर खादा बस सडकबाट १० फिट तल खसेको छ ।

ट्रक चालक र बसका गरि २४ जना घाइते भएका हुन । घाइते मध्ये दुइ महिला र एक पुरुषको मृत्यु भएको छ । घाइते मध्य तीन जनाको अवस्था गम्भिर रहेको प्रहरीले जानकारी दिएको छ ।

सम्पुर्ण घाइतेको भरतपुरको नयॉ मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्य नवलपुरका डिएसपी दिलिप कुमार गिरीले जानकारी दिनु भयो । मृतकको पहिचान नखुलेको गिरीले जानकारी दिनु भयो । दुर्घटना आज बिहान ४ बजेको समयमा भएके थियो 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here