अखिल(क्रान्तिकारी)नवलपरासी सन्देशको संयोजकत्वमा जिल्ला सम्मेलन समिति गठन

0
626

बर्दघाट भदौ २९। अखिल(क्रान्तिकारी)नवलपरासीको बिस्तारित बैंठक सम्पन्न भएको छ। बिस्तारित बैठकले सन्देश सापकोटाको संयोजकत्वमा ११ सदस्यीय जिल्ला सम्मेलन आयोजक कमिटी गठन गरिएको हो।

बिस्तारित बैठकको संचालन संगठनका संयोजक सन्देशले गर्नु भएको थियो।कार्यक्रमको प्रमुख अथिती नेकपा नवलपरासी सचीव धिरज,विशेष अतिथि लुम्बिनी क्षेत्रीय समन्वय समितिका संयोजक एवं २२औं राष्ट्रिय सम्मेलन सदस्य विरेन्द्र बिक,नेकपाका जिल्ला सदस्य एवं बर्दघाट इन्जार्च प्रताप,सरावल इन्चार्ज अनिल,जनपत्रकार संगठनका प्रदिप पाठक लगायत विद्यार्थी नेताकार्यकर्ता उपस्थिति रहेको थियो।

प्रमुख अतिथि एवं नेकपा नवलपरासीका सचीव धिरजले विद्यार्थी हरेक क्षेत्रमा सफल एवं ऐतिहासिक बन्नुपर्ने बताउदै विधार्थीलाई वैज्ञानिक समाजवादको व्यवस्था बारे बताउनु भयो।बैज्ञानिक समाजवादको नेतृत्वदायित्व भुमिका विधार्थीहरुको काधमा भएकोले समाज र बिधालयका भएका विभेदकारी शिक्षा बारे विद्यार्थीलाई बुझाउदै राज्यका शिक्षानिति परिवर्तनको भुमिका खेल्दै बैज्ञानिक शिक्षाका लागि पार्टीको भुमिकाबारे प्रष्ट पार्नु भयो।जस्ले अफ्ट्यारो बाटो हिड्छ उसले प्रगति गर्ने छ।विदेश पलायन गराउने शिक्षा निति छ परिवर्तन गर्दै प्राविधिक एवं व्यवहारीक शिक्षानै बैज्ञानिक समाजवादि व्यवस्थाले ल्याउनु भन्दै विद्यार्थी आन्दोलन र पार्टी आन्दोलनमा लामबद्द भइ अगाडि बढ्न पर्ने बताउनु भयो। समाजमा हुने सामाजिक विकृतिलाई सर्घष गर्नुपर्ने बताए।पार्टीले अङ्गालेको एकीकृत जनक्रान्तीमा विद्यार्थी समाज र विधालय संग प्रत्यक्ष सम्पर्क रहने भएकोले महत्त्वपूर्ण भुमिका खेल्नुपर्ने बताउनु भयो।

विशेष अतिथि लुम्बिनी क्षेत्रीय समन्वय समिति संयोजक एवं २२औं राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य बिरेन्द्रले बिद्यार्थी आन्दोलन उपलब्धि र अबको कार्यदिशामा विद्यार्थीको भुमिका,बिद्यार्थी आन्दोलनको उपलब्धि संविधानमै लेखिएका आधारभूत तहमा अनिवार्य र माध्यमिक तहमा निशुल्क शिक्षा भएता पनि अनावश्यक शुल्क लिएको विधालयमा विद्यार्थीले निरन्तर सघर्ष गर्नु पर्ने,शिक्षा श्रमसंग जोडिएको हुनुपर्ने बताउदै संगठन र पार्टीले ल्याएको प्राविधिक,व्यवहारिक एवं वैज्ञानिक समाजवादी शिक्षाबारे जानकारी दिदै विधार्थीलाइ प्रशिक्षित गराउनु भयो।नेकपा जिल्ला सदस्य एवं बर्दघाट नगर इन्चार्ज प्रतापले पार्टी आन्दोलनमा विद्यार्थी आन्दोलनबारे प्रतिक्षित गर्नु भएको थियो।

अखिल(क्रान्तिकारी)को २२औं राष्ट्रिय सम्मेलन असोज ६,७ र ८ गते पोखरामा हुनेछ। सम्मेलनको सम्बोधन नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले गर्नु हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here