सरावलमा बाढी प्रभावित १२६ जनालाई राहत वितरण

परासी ,२८ भदौ । पश्चिम नवलपरासीकाे सरावल गाउँपालिका वडा नम्बर ७ गणेशपुरमा बाढी प्रभावित घर परिवारलाई राहत बितरण गरिएको छ । अमेरिकामा बसोबास गरिरहेका नेपालीहरुकाे आर्थिक सहयोगद्वारा सरु शर्माकाे नेतृत्वमा पठाइएको रकमबाट सरावल ७ गणेशपुरका बाढी प्रभावित बिपन्न १२६ जना घर परिवारलाई राहत प्रदान गरिएको हाे । परासी घर भई अमेरिका बस्दै आउनुभएकी सरु शर्माको पहलमा ४१ जनाबाट जम्मा भएको रकमबाट बाढी प्रभावित परिवारलाई २५ किलो चामल ,५ किलाे अालु,१ किलो पियाज ,१ प्याकेट रिफाइन र १ प्याकेट अायाेडिन नुन लगाएतकाे दैनिक उपभोग्य सामाग्रीहरु प्रती घर परिवारलाई प्रदान गरिएको वितरण कार्यक्रमको संयोजक नेपाली काङ्ग्रेसका नेता तथा समाजसेवी माेहन प्रसाद शर्माले जानकारी दिनुभएको हाे।

गणेशपुरका बाढी प्रभावित सबै परिवारलाई पुग्ने गरी राहत वितरण गरिएको बताउनुभयो । त्यस्तै सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीले अन्य टाेलमा पालिका र संघ संस्थाकाे समन्वयमा वितरण तयारी गरिरहेकाे बताउदै कसैलाई पनि प्राकृतिक बिपत्तिको सामना गर्न नपरोस् भन्दै विपदकाे समयमा अमेरिकामा बसोबास गरिरहेका नेपालीहरुले गरेको मानविय कामकाे प्रशंसा समेत गर्नुभएको हाे। राहत वितरण कार्यक्रममा समाजसेवी बिनाेद कुमार पाण्डेय,वडा नम्बर ३ वडा अध्यक्ष अणेन्द्र नाथ राय,कार्यपालिका सदस्य चन्दा चाैधरी ,जन्ती सहानि,समाजसेवी राजमंगल सहानि ,समाजसेवी चन्द्र कुमार गुप्ता ,सन्जय मिश्रा,जयदेव पाठक,जन्मेजय यादव,समाजसेवी घनश्याम चाैधरी ,काङ्ग्रेस नेता अनिल गाैड ,गजानन्द पटेल लगाएतकाे उपस्थिति रहेको थियाे। पिडित परिवारले विदेशमा रहेर पनि नेपालीहरुले देखाएको सहयोगी भावनाको सराहना ब्यक्त गरेका थिए ।

Related articles

झुलनीपुर बजारमा अब्यवस्थित शौचालय

सुस्ता, २९ भदाै । नवलपरासीको प्रतापपुर गाऊपालिका वडा वडा न. ६ स्थित झुलनीपुर बजारमा अवस्थित शौचालय प्रयोग बिहिन अवस्था हुन पुगेको छ। साबिक गुठी परसौनी २०७२ साल जेष्ठ ६ गते खुल्ला दिशा मुक्त गाविस घोषणा भएपनि अहिले उक्त बजारका स्थानिय ब्यपारीहरुले खुल्ला ठाँऊमा जान बाध्य भएका छन । भारत र नेपाल बाट दिनहुँ हजारौ मानिसहरुको आवत […]

क्यारेन्टाइन अनुगमन

परासी, १३ बैशाख। प्रदेश न. ५ अन्तर्गत पश्चिम नवलपरासीको बिभिन्न स्थानिय तहमा रहेको संस्थागत क्यारेन्टाईनहरुमा सरोकारवालाहरु द्धारा अनुगमन गरिएको छ । क्यारेन्टाईनहरुमा समग्र खाना ,बास , सरसफाईको ब्यवस्थापन साथै क्यारेन्टाईन संगै रहेको हेल्थ डेक्स लगायतका आधारभुत आवश्यकताको ब्यवस्थापन बारे अनुगमन गरिएको हो । अनुगमनको क्रममा अधिकाशं क्यारेन्टाईनहरुको अवस्था सन्तोषजक रहेपनि थप सुधार भएमा उपयुक्त हुने […]