आत्महत्या रोकथामका लागि किशोरकिशोरीलाई सचेत गराउदै रामग्राम नगरपालिका

0
589

परासी, २६ भदौ । आत्महत्या रोकथामका लागि रामग्राम नगरपालिकाले किशोरकिशोरीलाई प्रशिक्षण गरेको छ।
शुक्रबार विश्व आत्महत्या रोकथाम दिवसको अवसर पारी आधारभुत विद्यालय तहका किशोर किशोरीहरुलाई आत्महत्याबाट वच्न विभिन्न बिधीहरु सिकाएको हो।

रामग्राम नगरपालिका स्वास्थ्य शाखाको आयोजना र इन्द्रेणी सामाजिक बिकास मंचको सहकार्यमा रामग्राम नगरपालिका वडा १४ का किशोरकिशोरीहरुलाई सचेत गराइएको थियो।

रामग्राम नगरपालिका १४ का विभिन्न विद्यालयमा अध्यनरत विद्यार्थीलाई किसोर किसोरी अवस्थामा हुनसक्ने सम्भावित आत्महत्याको अवस्था र आत्महत्याको जोखिमबाट जोगिने संभावित उपायहरुका वारेमा कार्यक्रममा जानकारी गराईको स्वास्थ्य शाखाका हेल्थ असिस्टेन्ट सुरज गौतमले जानकारी दिनु भयो।

कोरोनाका कारण लामो समय विद्यालय वन्द रहनाले किशोर किशोरीहरुको मनोविज्ञानमा परेको नकारात्मक प्रभाव, वैदेशिक रोजगारीको असफलता, प्रेमसम्वन्धको असफलता, तथा पारिवारीक कटुसम्वन्धका लगायतका कारण आत्महत्याका प्रयासहरु भैरहने अवस्थालाई मध्यनजर गर्दै उक्त कार्यक्रम आयोजना गरिएको थियो।

आर्थिक बर्ष २०७७/०८ को अनुसार ७ हजार १ सय १७ जना बर्षिक रुपमा आत्माहत्या गरेको पाईएछ। बिगत ५ बर्ष देखि १३ प्रतिशतले आत्माहत्याको घटना वृद्धी भएको छ । भने ९५ प्रतिशत मानसिक रोगले आत्माहत्या गरेको पाईन्छ । विश्व भारी बढी मात्रमा युवा किशोर किशोरी आत्माहत्या मृत्यु भएको देखिन्छ । आत्महत्याको दर घटाउन उक्त सचेतना मुलक कार्यक्रम गरिएको थियो। कार्यक्रममा वडा १४ का अध्यक्ष पारसनाथ चौधरी, स्वास्थ्य शाखाका कर्मचारी, सामी परियोजनाका कर्मचारीहरुले सहजीकरण गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here