सरावल गाउँपालिकामा बेस नेपालद्धारा कोभिड रेस्पोन्ज परियोजना संचालन

परासी, २२ भदौ । नवलपरासीको सरावल गाउँपालिकामा कोभिड रेस्पोन्ज परियोजना संचालनमा आएको छ । परियोजा संचालनका लागि आज गउँपालिकामा परियोजना सम्बन्धी अन्तरक्रिया एवं परिच्यात्मक कार्यक्रम गरिएको छ । केयर नेपालको आर्थिक सहयोग तथा बेस नेपालको आयोजनामा आयोजित उक्त कार्यक्रम सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीको अध्यक्षतामा सम्पन्न गरिएको हो ।

अन्तरक्रिया कार्यक्रममा गाउँपालिकामा संचालित कोभिड रेस्पोन्ज परियोनजाको उद्देश्य, लक्षित वर्ग लगायतका विषयमा जानकारी गराउदै यसको कार्यक्षेत्र तथा बजेटका बारेमा पनि छलफल गरिएको थियो । अन्तरक्रिया कार्यक्रममा उक्त परियोजनाले कुन कुन क्षेत्रमा कसरी काम गर्ने भन्ने विषयमा छलफल गरिएको परियोजा संयोजक बिनिता भट्टराईले जानकारी दिनु भयो । उहाँका अनुसार यस परियोजना मार्फत गाउँपालिकाका कोभिड प्रभावित घरधुरीलाई जिविकोपार्जनका लागि पौष्टिक खाद्यान्न सामाग्रीहरु वितरण गरिने छ भने कोभिड प्रभावित किसानहरुलाई उत्पादन बढाउन उन्नत जातका विभिन्न बालीका विउबिजनहरु सहयोग गर्ने लगायतका कार्य योजना रहेको जानकारी दिनु भयो ।

त्यस्तै परियोजनाले स्वास्थ्य क्षेत्रलाई केन्द्रित गरि गर्ने कार्यहरुमा स्वास्थ्य चौकी तथा शाखाका स्थास्थ्यकर्मीहरुलाई आवश्यक तालिम, चौकीहरुलाई सुरक्षा स्वास्थ्य सामाग्रीहरु वितरण गर्ने र स्थानिय जनसमुदायलाई कोभिडबाट बचाउन विभिन्न सचेतनामुलक कार्यहरु गर्ने परियोजना संयोजक भट्टराईले जानकारी दिनु भयो । यो परियोनजा जिल्लाको सरावल गाउँपालिका र रुपन्देहीको ओमसतिया गाउँपालिकामा संचालन रहेको र यस परियोनजाले १० महिना उक्त क्षेत्रमा काम गर्ने बताइएको छ ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष राधेश्याम चौधरी र उपाध्यक्ष उत्तमा रायले यो परियोजना गाउँपालिकाको हकमा निकै लाभदायि रहेको भन्दै यसको दायरा र सेवा विस्तार गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा केयर नेपालका कार्यक्रम संयोजक नवराज शर्मा, केयार नेपालका सिनियर डिआरआर टेक्निकल अफिसर सुरेन्द्र बमले केयर नेपालको मिशन र लक्ष्यका बारेमा जानकारी दिएका थिए ।

कार्यक्रममा बेस नेपालका जिल्ला कार्यालय प्रमुख शालिकराम पोख्रेलले बेस नेपालको उद्देश्य र यस परियोजाको उद्देश्य प्राप्तीका लागि गाउँपालिका संग समन्वय गरेर अगाडी बढने जानकारी दिनु भयो । कार्यक्रममा विभिन्न वडाका वडाअध्यक्षहरु, गाउँपालिकाका स्वास्थ्य, कृषि, प्रशासन शाखाका शाखा प्रमुख, प्रतिनिधि र बेस नेपालका कर्मचारी एवं स्थानिय समाजसेवीहरुको उपस्थिती रहेको थियो ।

Related articles

बाढिमा परि खुट्टा भाचिएका अति बिपन्न चौधरीको उपचारमा समस्या : सहयोगको अपिल

परासी, ८ साउन। अविरल बर्षाका कारण घर डुबान हुँदा गत असार ३ गते सरावल गाउँपालिका वडा नं. ६ मधवलियाका पृथ्वीराज चौधरी घरको समान बचाउने क्रममा खुट्टा भाचिएकाे हाे। बाढिमा परि खुट्टा भाचिएका नवलपरासीको सरावल गाउँपालिका वडा नं. ६ मधवलियाका अति बिपन्न पृथ्वीराज चौधरीको उपचारमा समस्या अाएकाेले सहयोगको अपिल गरेका छन । बिहान बेलुका हातमुख जोड्न […]

सरावलमा ‘तपाईंको मास्क खै ?’ अभियान अन्तर्गत ४ सय मास्क बितरण

परासी ,२५ भदौ । समुदायमा कोरोना संक्रमण बढिरहेका बेला दिब्यज्याेति किशोरी समूह तथा दुर्गामाता किशोरी समुहले नवलपरासीको सरावल गाउँपालिका ३ र ४ का विभिन्न चाेकहरुमा तपाईंको मास्क खै ? अभियान सन्चालन गरेका हुन । दिब्यज्याेति किशोरी समूह एवम् दुर्गामाता किशोरी समुहकाे संयुक्त अायाेजनामा तथा ए.बि.सि नेपाल , स्ट्राेम फाउन्डेसनकाे सहयोगकाे सहयोगमा ‘तपाईंको मास्क खै ?’ […]