बाढीबाट सजक र सुरक्षित रहन सरावल गाउँपालिका बासिहरुलाई अध्यक्ष चाैधरीकाे अनुरोध

0
569

परासी ,१३ भदौ । पश्चिम नवलपरासीकाे सरावल गाउँपालिकामा बाढीबाट खतरा बढ्दै गरेको छ । पालिका भित्रका विभिन्न वडाहरुमा भुभाग सहित केहि घरहरू विस्थापित भएका छन ।अविरल बर्षाले पालिका भित्रका केही भुभाग डुबान र घरहरु विस्थापित भएर क्षति समेत भएको छ । अझ बाढिले घर विस्थापित हुनुका साथै खतरा र समस्या बढ्दै गएको छ ।

बर्सेनि बर्षाले गर्दा अाएकाे बाढीले सामन्य जनजिवनलाई प्रभावित पार्नुका साथै तमाम क्षति गर्ने गरेको छ । जस्का कारण अाम जनसमुदायमा बसाेबास गर्ने मानिहरुलाई कष्टकर र दुखपुर्ण जीवन यापन गर्न बाध्य बनाएको छ । पालिका भित्रका वडा नम्बर १ देखि ७ का वडाहरु बाढिकाे चपेटामा परेकाे छ । जसमध्ये ५, ६ र ७ का अधिकांश भुभाग डुबान तथा घरहरू विस्थापित भएकाे छ । वडा नम्बर ६ का खडाैना , मधवलिया र नाैडिहवा लगाएतका गाउँहरु बाढिकाे चपेटामा परि अधिकांश घरहरू विस्थापित भई क्षति सहित भुभाग जलमग्न भएको छ । अाइतबार बसेकाे पालिका स्तरीय बिपत ब्यवस्थापन समितिकाे बैठकले लागत संकलन ,घुम्ती स्वास्थ्य क्लिनिक , राहत वितरण ,तत्काल सडक मर्मत , हिउँदे बालि बिउबिजन अनुदानको लागि पहल लगाएको विषयवस्तुमा छलफल भएको हाे।

गाउँपालिका भित्रका सम्पूर्ण बाढीले प्रभावित भएको वडाहरु र विस्थापित भएको घरपरिवारहरुलाई याे विषम अवस्थामा बाढी पहिरोबाट हुनसक्ने क्षति र जाेखिमबारे सजक र सुरक्षित भई बस्न अाग्रह गर्दै बाढीले गर्दा खतरा बढ्दै गएकोले पालिका विपत व्यवस्थापन समितिलाई समय समयमा जानकारी गराई जाेखिमबाट वचन सुरक्षित स्थानमा जान गाउँपालिका बासिहरुलाई पालिका अध्यक्ष राधेश्याम चाैधरिले अनुरोध गर्नुभएको हाे ।

उहाँले याे विषम अवस्थामा विस्थापित घरपरिवारहरुलाई पालिका विपत ब्यवस्थापन समिति संग सम्पर्क गरि अावश्यक स्थानमा जान र अावश्यक्ता अनुसारकाे सेवा सुविधा पालिकाले गर्ने बताए । बाढीकाे चपेटामा परेका स्थानीय बासिकाे लागि तत्कालका लागि राहतको ब्यवस्था गरिरहेकाे हुनाले जति सक्दाे राहत वितरण गर्ने जानकारी गराउदै सबै संघ संस्थाले सहयोग गर्न अनुरोध गर्नुभएको हाे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here