मुख्यमन्त्री कुलप्रसाद केसीद्धारा नवलपरासीको बाढी प्रभावित क्षेत्र अवालोकन

0
641

परासी, १३ भदौ । लुम्बिनि प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले नवलपरासीको बाढी प्रभावित क्षेत्रको अवलोकन गरेका छन् । पश्चिम नवलपरासीमा बाढीले कहाँ के कति क्षति पु¥याएको र बाढीबाट प्रभावित घरपरिवार एवं क्षेत्रहरुको स्थलगत रुपमा अवलोकन गरेका हुन् ।
मुख्यमन्त्री केसीले, बाढीबाट डुबानमा परेको जिल्लाको सदरमुकाम परासी बजारको अवलोकन गरेका छन् भने बाढीले प्रभावित पाल्हीनन्दन गाउँपालिका वडा १ रम्पुरवाँ, सुनरी, शंकरपुर, सरावल गाउँपालिका वडा ७ भुजहवाँ लगायतको बाढी प्रभावित क्षेत्रहरुको अवलोकन गरेको मोओबादी केन्द्रका केन्द्रिय सदस्य घनश्याम यादवले बताउनु भयो ।

त्यस्तै मुख्यमन्त्री केसीले सुनवल नगरपालिका ११ जर्गहा स्थित खोलामा भाँचिएको पुल समेतको निरिक्षण गर्दै बाढीले नदीमा कटान भएको क्षेत्रमा वृहद तटबन्ध निर्माण गर्ने, भाँचिएको पुल बनाईने आश्वासन दिनु भयो । त्यस्तै बाढीबाट भत्किएका घरहरुलाई जनता आवास कार्यक्रम मार्फत आवासको व्यवस्थापन गर्ने र बाढी प्रभावित किसान एवं व्यपारीहरुलाई राहत प्याकेज मार्फत राहत वितरण गर्ने प्रतिबद्धता जाहेर गर्नु भयो । मुख्यमन्त्री केसीले,रामग्राम नगरपालिका १८ पम्पापुर बासी बाबुछोराले बाढी ज्यान गुमाएका घरपरिवार समेतलाई भेटेका हुन् ।

बाढी प्रभावित क्षेत्रको अवालेकनमा मुख्यमन्त्री केसी संगै लुम्बीनी प्रदेशकै विनाविभागिय मन्त्री अजय कुमार शाही, माओबादी केन्द्रका केन्द्रिंय सदस्य घनश्याम यादव, जिल्ला अध्यक्ष भविश्वर तिवारी, सुनवल नगरपालिका नगर प्रमुख भिम बहादुर थापाक्षेत्री, पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता, प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र, नेपाल तथा शसस्त्र प्रहरीका प्रमुखहरु, सम्बन्धित वडाका वडाअध्यक्षहरु लगायत माओबादी केन्द्रंका अगुवा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । अवलोकनकै क्रममा सुनवल नगरपालिका नगर प्रमुख थापा, पाल्हीनन्दन गाउँपालिका अध्यक्ष गुप्ताले आ–आफनो पालिका भित्र बाढीले पु¥याएको क्षति र अवस्था बारे जानकारी गराएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here