बाढीले परासीमा करोडाैको क्षति : चिन्तामा उद्योगी र पसल व्यपारी

परासी, १२ भदौ । पश्चिम नवलपरासीमा बाढीले करोडौंको क्षति पु¥याएको छ । अबिरल बर्षाका कारण जिल्लामा आएको ठुलो बाढीले जिल्लाको विभिन्न पालिकाका उद्योग तथा पसलहरु डुबानमा परि कराडांैको क्षति भएको अनुमान गरिएको छ । बाढीले बढि क्षति रामग्राम नगरपालिकामा पु¥याएको भेटिएको छ । बाढीले जिल्लाका आधा दर्जन उद्योगहरु डुबानमा परेका छन् भने सयबढि पसल व्यवसाय तथा ५ सय बढि घरहरु डुबानमा परि क्षति भएको अनुमान गरिएको छ ।

बाढीले परासी बजारका मडिकल, किराना पसल, कपडा पसल, बुक एण्ड स्टेशनरी, प्लास्टिक पसल, ईलेक्ट्रिक पसल, मोबाईल पसल, होटल रेष्टुरेन्ट, भेटनेरि पसल, कस्मेटिक पसल, लगायतका पसलहरु डुबानमा परि करोडांैको क्षति भएको छ भने पोखरापाली लगायतका क्षेत्रका विभिन्न उद्योगहरु पनि डुबानमा परि करोडबढिको क्षति भएको उद्योगीहरुले दावी गरेका छन् । यता सरावल गाउँपालिका ३ पिपरा महुवा स्थित आरती एग्रो ईण्डष्ट्रिज उद्योग पनि डुबानमा परि करोडबढि क्षति भएको उद्योगको दावी छ ।

त्यस्तै बाढीले जिल्ला प्रहरी कार्यालय, सेना ब्यारेक, जिल्ला प्रशासन कार्यालय, कृषि ज्ञानकेन्द्र, शिक्षा कार्यालय, स्वास्थ्य कार्यालय, विद्युत प्राधिरण, खानेपानी तथा सरसफाई डिभिजन, घरेलु तथा साना उद्योग लगायतका सरकारी कार्यालयहरु पनि डुबानमा परि कम्प्युटर, फर्निचर, कागजपत्र लगायतका महत्वपुर्ण सामाग्रीहरु समेत भिजेको छ । त्यस्तै सुस्ता गाउँपालिका वडा १ मा पनि बरुवा बस्ती र पसलहरु डुबानमा परेको छ । त्यस्तै सरावल गाउँपालिका ६, पाल्हीनन्दन गाउँपालका वडा १, ३ र ६ बाढीले बढि प्रभावित भएको छ । जिल्लाको सुनवल नगरपालिका, बर्दघाट नगरपालिका पनि बाढीले निकै प्रभावित भएको छ । यि जम्मै क्षतिको यथार्थ विवरण अझै आईसकेको छैन ।

Related articles

आज विजयादशमी, १०ः३५ बजे टीकाको उत्तम साइत

काठमाडाै, २१ असाेज ।  दुर्गापक्षको मुख्य दिन आज विजयादशमी घटस्थापनाका दिन स्थापित घडाबाट अभिषेक गरी मान्यजनका हातबाट नवदुर्गाको प्रसादका रुपमा रातो टीका र  समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका र  जमरा थापेर मनाइन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज देवी विसर्जनको […]

मुस्लिम आयोगका प्रस्तावित अध्यक्षको नागरिकता नक्कली !

काठमाडौं,८ फागुन। मुस्लिम आयोगको प्रस्तावित अध्यक्ष समिम अन्सारीले पेश गरेको नागरिकतासम्बन्धी कागजात नक्कली भएको पुष्टि भएको छ । अन्सारीको नागरिकता र शैक्षिक प्रमाणपत्र नक्कली भएको उजुरी संसदीय सुनुवाई समितिमा परेको थियो । सुनुवाई समितिले संवैधानिक परिषद्लाई अन्सारीको सबै प्रमाणपत्र माग गरेको छ भने जिल्ला प्रशासन कार्यालयलाई नागरिकतासम्बन्धी सबै विवरण उपलब्ध गराउन भनेको छ । साथै […]