तरुण दल क्षेत्रिय कार्यसमिति नवलपरासीद्धारा बाढी प्रभावित परिवारलाई राहत वितरण

0
610

परासी, १२ भदौ । नेपाल तरुण दल क्षेत्रिय कार्यसमिति नवलपरासी पश्चिमले बाढी पिडित परिवारहरुलाई राहत स्वरुप खाद्यान्न सामाग्री वितरण गरेको छ । कार्यसमितिका अध्यक्ष ओम पुनको नेतृत्वमा सुनवल नगरपालिकाका करिब ५०० बाढी पिडित घरधुरीलाई राहतमा खाद्यान्न सामाग्री वितरण गरिएकोे हो । तरुण दलले पालिकाको वडा २, ४, ६,७,८,१०,११,१२ र १३का गरि करिब ५०० घरधुरी पिडित परिवारहरुलाई चिउरा, चाउचाउ, विस्कुट र मिनिरल वाटर लगायतको खाद्यान्न सामाग्रीहरु वितरण गरेकोे अध्यक्ष ओम पुनले जानकारी दिनु भयो ।

शुक्रबार अविरल बर्षाका कारण सुनवल लगायतका क्षेत्रमा आएको भिषण बाढीले जिल्लाका ७ वटै पालिकाहरुमा ठुलो क्षति पु¥याएको छ । यस्तो विपत्तीको बेलामा सुनवल नगरपालिकाका गरिब बाढी पिडित परिवारहरुलाई तत्काल केहि राहत होस भनि दरुण दलले सुनवलका करिब ५०० घरधुरीलाई करिब २ लाख रुपैया बराबरको उक्त खाद्यान्न सामाग्रीहरु राहत स्वरुप वितरण गरेकोे कार्यसमिति सचिव रमेश पराजुली (राजन)ले जानकारी दिनु भयो ।

नेपाल तरुण दल क्षेत्र कार्यसमितिको आयोजनामा राहत वितरण कार्यमा समितिका अध्यक्ष ओम पुन, नेपाल तरुण दल जिल्ला उपाध्यक्ष गोपी पुन, जिल्ला सचिव यज्ञ प्रसाद पौडेल, क्षेत्रिय कार्यसमिति उपाध्यक्ष जितेन्द्र अग्रहरी(दिपु) सचिव रमेश पराजुली, युवा समाजसेवी विष्णु सुबेदी, सन्दिप केसी, विनोद क्षेत्री, लगायतका युवाहरुको क्रियाशिल सहभागिता रहेको थियो भने सम्बन्धित वडाका वडा अध्यक्षहरुको समन्वयमा राहत वितरण गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here