सरावल, २ भदौ । सरावल गाउँपालिकाका अध्यक्ष राधेश्याम चौधरीले विद्यार्थीहरुलाई वृति परामर्श आवश्यक रहेकोमा जोड दिनुभएको छ । एस.ई.ई उत्र्तिर्ण विद्यार्थीहरुका लागि सरावल गाउँपालिकाले सञ्चालन गरेको वृत्ति परामर्श कार्यक्रम समापनमा बोल्दै अध्यक्ष चौधरीले यस्ता कार्यक्रमले प्रयाप्त जानकारी दिई आफ्नो क्षमता र उद्धेश्य अनुसार अध्ययन गर्न सहज हुनभन्दै यसको आवश्यक्ता महत्वपुर्ण रहेको बताउनु भएको हो ।
चार दिनसम्म सञ्चालन भएको परामर्श कार्यक्रममा पालिका भरीबाट २ सय २३ जना विद्यार्थीहरु सहभागी भएको आयोजक न्यायिक सरोकार संस्थाले जनाएको छ । परामर्श कार्यक्रममा विज्ञान, शिक्षा, व्यवस्थापन, कानुन, प्राविधिक शिक्षा तथा चिकित्सा शिक्षा बारे सम्बन्धित क्षेत्रका व्यक्तिबाट बृहत परामर्श दिनुका साथै उच्च शिक्षा अध्ययनमा ति संकायहरु छनौट गर्दा आवश्यक तयारी, भविष्यमा यस्को उपयोगिता, चुनौती, लागत तथा प्रदेश भित्र र बाहिर यस्को उपलब्धता बारे बृहत जानकारी र सम्बन्धित विषयहरुको प्रवेश परिक्षा र छात्रवृति बारे समेत जानकारी गराईएको न्यायिक सरोकार संस्थाका कोषाध्यक्ष संदिप यादवले जानकारी गराउनु भयो ।
संस्थाका अध्यक्ष मोहम्मद ईजहार शेष अध्यक्षता तथा गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा अध्यक्ष चौधरी तथा प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पौडेलले यस क्षेत्रका विद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययनमा प्रोत्साहनका साथै निजामती क्षेत्रमा प्रोत्साहन गर्न समेत विभिन्न चेतनामुलक कार्यक्रम गर्दै समतामुलक समाज र समाजिक न्याय स्थापनाका लागि गाउँपालिका प्रतिबद्ध रहेकोमा जोड दिनु भयो । अधिवक्ता दामोदर घिमिरे, बसन्तराज ढुङ्गाना, दिलिप तिवारी, रहमत अलि राईन, मोहन यादव, गजेन्द्र चौधरी र संदिप यादवले सहजीकरण गर्नु भएको उक्त बृति परामर्श कार्यक्रमको चौतर्फी प्रशंसा भएको छ ।