लागूपदार्थ दुर्व्यसन विरुद्ध रयाली तथा मञ्चिय नाटक प्रदर्शन

परासी, १ भदाै । पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा नम्बर २ मा लागूपदार्थ दुर्व्यसन विरुद्ध य्रालि तथा मञ्चिय नाटक कार्यक्रम सम्पन्न भएको छ । गाेपाल किशोरी संवाद केन्द्रकाे अायाेजना तथा एविसि नेपाल स्ट्राेम फाउन्डेसनको अार्थिक सहयोग र पाल्हिनन्दन गाउँपालिकाकाे सहकार्यमा लागूपदार्थ दुर्व्यसन विरुद्ध य्रालि तथा मञ्चिय नाटक कार्यक्रम सम्पन्न भएको हाे । सवाद सहयोग समितिका अध्यक्ष नाथु खातिककाे अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बाेल्दै अध्यक्ष खातिकले समुदायमा लागू पदार्थ सेवन गर्ने ब्यक्तिहरुकाे संख्या दिनप्रतिदिन बढ्दै गएको छ ।

लागू पदार्थ सेवन तथा विक्रि वितरणमा राेक लगाउनका लागि जनचेतना जगाउनु हामी सबैकाे दायित्व पनि हाे तर समुदायमा बसाेबास गर्ने मानिसहरुले अाफु पनि सेवन गर्ने र अरुलाई पनि सेवन गर्ने बानि समेत बसाएकाे पाईएकाे छ ।तर काेराेना महामारीको विषय परिस्थितिमा संवाद केन्द्रका किशोरीहरुले स्वस्थ्य सतर्कता अपनाई लागू पदार्थ सेवन विरुद्ध य्रालि तथा नाटक मार्फत जनचेतना जगाईरहेकाे बताउदै किशोरीहरु तथा एविसि नेपाललाई धन्यवाद समेत दिनुभएको थियो ।

साे कार्यक्रम एविसि नेपालका सुपरभाइजर राजमन बरई , भाेलेन्टियर बन्दना चाैधरी , एनिमेटर पुजा गुप्ता लगाएतकाे सहभागीता रहेको थियो । यस्तै पाल्हिनन्दन गाउँपालिका वडा नम्बर २,५,६ र सरावल गाउँपालिका वडा नम्बर ५ मा जीवन वृति याेजना बारे अभिभावकहरु संग छलफल कार्यक्रम सम्पन्न भएको छ । एविसि नेपालकाे अायाेजना तथा स्ट्राेम फाउन्डेसनकाे सहयोगमा सरावल गाउँपालिका र पाल्हिनन्दन गाउँपालिकामा किशोरीहरुकाे जिवनवृति याेजना बनाउने कार्यक्रम सम्पन्न भएको हाे । जसमा शिक्षक , टेलरमास्टर र डाक्टर बन्ने लक्ष्य राखेकाे किशोर किशोरीहरुकाे जीवन वृति याेजना अभिभावक र किशोरीहरु संग छलफल गरि बनाएको थियो । साे कार्यक्रममा एविसि नेपालका सुपरभाइजर राजमन बरई र अभिभावकहरुकाे सहभागीता रहेको थियो ।

Related articles

नवलपरासीका आईसोलेशन सेन्टरको अनुगमन

परासी, ३० जेठ । पश्चिम नवलपरासीका विभिन्न स्थानीय तहले निर्माण गरेका आईसोलेशन तथा क्वारेन्टिनहरुको विहिवार जिल्लाका सरोकारवाला निकायको प्रतिनिधि मण्डलले अनुगमन गरेको छ । जिल्ला समन्वय समितिका प्रमुख शिवशंकर रायको नेतृत्वमा जिल्ला स्थित राजनीतिक दलका प्रमुखहरु, प्रदेशसभा सदस्य, संविधानसभा सदस्य,प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी,सुरक्षा निकायका प्रमुखहरु, सञ्चारकर्मी लगायतको टोलीले जिल्लाको रामग्राम, पाल्हीनन्दन, सुस्ता, […]

वडाध्यक्ष पाण्डेले व्यक्तिगत खर्चमा गरिदिए २०० बढिको कोरोना बिमा

नवलपुर, १२ भदौ। कावासोती नगरपालिका वडा न ६ का वडाध्यक्ष हेम प्रसाद पाण्डेले उदाहरणिय कार्य गरेका छन। पाण्डेले आफ्नो वडामा रहेका अति विपन्न ,शारीरिक रुपले अशक्त ,दैनिकी ज्यालादारी गर्ने २०० भन्दा धेरै घर परिवारको एक घरको एकजनाको दरले कोरोना बिमा गरेका हुन। आज एक अनौपचारिक कार्यक्रमका बिच वडाध्यक्षले सिद्धार्थ इन्स्योरेन्सका प्रतिनिधि बेद प्रसाद न्यौपाने मार्फत […]