परासी, १ भदाै । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाकाले घरेलु तथा लघु उद्यमहरुलाई व्यस्थित गर्न औद्योगिक ग्राम बनाउन थालेको छ । नगरपालिकाले नगरभित्र छरिएर रहेको अव्यस्थित घरेलु तथा लघु उद्यमलाई एक ठाउँमा राखी व्यस्थित गर्न उक्त औद्योगि ग्रामको अवधारणा लिई अगाडी बढेको छ । सुनवल नगरपालिका वडा ४ स्थित ११.५ विगाहा क्षेत्रफलमा उक्त औद्योग ग्राम निर्माणका लागि कुल २६ करोड रुपैयाको डिपिआर भई निर्माण कार्य अगाडी बढाइएको छ ।
गतबर्ष संघिय सरकारबाट प्राप्त ९२ लाख रुपैयामा औद्योगि ग्रामसम्म पुग्न बाटो निर्माण गरिएको छ भने औद्योगि ग्रामलाई व्यस्थित गर्न जग्गा सम्याउने र केहि भागमा बाण्डरीवाल लगाइएको सुनवल नगरपालिका नगर प्रमुख भिम बहादुर थापाक्षेत्रीले जानकारी दिनु भयो । बहुबर्षिय गौरवको आयोजनाको रुपमा रहेको उक्त औद्योगिक ग्रामको विकासका लागि यसबर्ष नगरपालिकाले ५० लाख, लुम्बिनी प्रदेशको उद्योग मन्त्रालयले २५ लाख र संघिय सरकारबाट ९२ लाख रुपैया गरि कुल १ करोड ६७ लाख रुपैया बजेट बिनियोजन गरिएको छ । उक्त बिनियोजित बजेटले औद्योगिक ग्रामको चारैतिरबाट बाण्डरीवाल सम्पन्न गरिने छ भने भित्रपट्टी बाटो बनाईने, विद्युत, खानेपानी, शौचालय, र नदीछेउमा तटबन्ध निर्माण समेतका कार्यहरु यसैबर्ष गरिने नगर प्रमुख थापाले बताउनु भयो ।

यस औद्योगिक ग्रामले नगरभित्र छरिएर रहेको अव्यस्थित लघु तथा घरेलु उद्यमहरुलाई व्यस्थित गर्ने छ भने विदेशबाट फर्केका युवाहरु जग्गा अभावले घरेलु तथा लघु उद्यम गर्न असर्थ रहेकालाई जग्गा उपलब्ध हुने, युवा स्वरोजगार बढने र स्थानिय स्तरमा विभिन्न बस्तुहरुको उत्पादन बढी बजार तथा व्यवसाय समेत फस्टाउने नगर प्रमुख थापाले विश्वास व्यक्त गर्नु भयो । यो योजना नगरको गौरवको योजना रहेको छ ।
निर्माणाधिन औद्योगि ग्राममा भित्र अझै बाटोघाटोको बनाउनु पर्ने छ भने ग्रामको कार्यालय भवन, सुरक्षागार्ड भवन, विद्युत, खानेपानी, शौचालय, गेट, बृक्षारोपण र मालसमानका लागि स्टोरहरु निर्माण गर्नुपर्ने कार्य बाकी रहेको सुनवल नगरपालिकाको शहरी पुर्वाधार विकास शाखा प्रमुख ईन्जिनियर सन्तोष कुमार गैरेले जानकारी दिनु भयो।
यि संरचनाहरु निर्माण भएपछि नगरभित्र अव्यस्थित रहेका सबै लघु उद्यम तथा घरेलु उद्यमहरुलाई उक्त औद्योगिक ग्राम भित्र व्यस्थित गराईने छ । उद्यमहरु संचालन हुँदा आर्थिक कारोबारका लागि ग्राम भित्रै स–साना बंैकहरु पनि राखिने छ भने उद्यमहरुमा काम गर्दा कुनै समस्या आएमा तत्काल प्राथमिक उपचार सेवा दिन हेल्थ डेस्पकको पनि स्थापना गरिने ईन्जिनियर गैरेल जानकारी दिनु भयो ।
त्यति मात्र होई ग्राम भित्रै महिला कामदारहरुको बालबच्चाहरुको स्यहारका लागि शिशु स्यहार केन्द्र पनि बनाईने छ । उद्यमहरुबाट उत्पादिन बस्तुहरुको प्रदर्शनका लागि ईक्जाहिबिशन सेन्टर पनि ग्राम भित्रै निर्माण गरिने डिपिआर भएको छ । यस सुविधा युक्त उक्त औद्योगिक ग्रामबाट घरेलु तथा लघु उद्यमीहरु भरपुर फाईदा लिनुका साथै आफनो उत्पादनमा बृद्धि र बजारीकरण गर्न निकै सहज हुने नगरपालिकाले विश्वास लिएको नगर प्रमुख थापाले बताउनु भयो । यो औद्योगि ग्राम बनेपछि प्रदुषणहरु पनि नियन्त्रणमा आउने र वातावरण पनि स्वच्छ हुने पालिकाको विश्वास छ ।