परासी, ३१ साउन । नवलपरासी प्रहरीले ३ बर्षदखि फरार रहेको एक अभियुक्तलाई पक्राउ गरेको छ । लागु औषध मुद्दामा १० बर्ष १ महिना ८ दिन कैद सजाय र १ लाख जरिवाना तोकिएको फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरि अदालतमा बुझाएको छ । जिल्लाको प्रतापपुर गाउँपालिका ३ बस्ने २२ बर्षिय ईन्द्रजित बिनलाई जिल्ला अदालत नवलपरासीले २०७५÷२÷३० गते १० बर्ष १ महिना ८ दिन कैद र १ लाख रुपैया जरिवाना फैसला सुनाएको थियो ।
अभिुक्त बिन ३ बर्र्षदेखि फरार भएकाले प्रहरी उनको खोजी कार्य गरिरहेको थियो । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीलले बिनलाई हिजो शनिवार पुर्वी नवलपरासीको बिनयीत्रिवेणी गाउँपालिका २ बाट पक्राउ गरि अदालत बुझाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।