सरावल गाउँपालिकाले एस.ई.ई पासका गरेका विद्यार्थीहरुलाई वृत्ति (कैरियर) परामर्श गर्दै

0
795

परासी, २८ साउन । सरावल–सरावल गाउँपालिकाले एस.ई.ई उत्र्तिर्ण विद्यार्थीहरुलाई वृत्ति (कैरियर) परामर्श कार्यक्रम सुरु गरेको छ । एस.ई.ई पछिको उच्च शिक्षा अध्ययनमा विद्यार्थीहरुलाई प्राय सबै संकायबारे विस्तृत प्रशिक्षण दिदै कार्यक्रम संचालन भएको हो । एस.ई.ई पछि रोजिने विभिन्न विषयबारे विद्यार्थीहरुलाई प्रयाप्त जानकारी नहुदा आफ्नो क्षमता र उद्धेश्य अनुसार अध्ययन गर्न नसकेकोले उनिहरुलाई परामर्श कार्यक्रम सुरु गरिएको सरावल गाउँपालिकाका अध्यक्ष राधेश्याम चौधरीले जानकारी दिनु भयो ।

विहिवारदेखि सुरु भई चार दिनसम्म सञ्चालन हुने उक्त कार्यक्रममा गाउँपालिका भरीबाट दुई सयजना एस.ई.ई उत्र्तिण विद्यार्थी सहभागी हुन ईच्छुक रहेको आयोजक न्यायिक सरोकार संस्थाले जनाएको छ । सरावल गाउँपालिकामा यस वर्ष ३ सय ७८ जना सामुदायिक विद्यालयबाट र १ सय ५० भन्दा बढी विद्यार्थी नीजि विद्यालयबाट एस.ई.ई उत्र्तिण गरेको बताईएको छ ।

यस कार्यक्रममा विज्ञान, शिक्षा, व्यवस्थापन, कानुन, प्राविधिक शिक्षा तथा चिकित्सा शिक्षा बारे सम्बन्धित क्षेत्रका व्यक्तिबाट बृहत परामर्श दिईएको छ । न्यायिक सरोकार संस्थाका अध्यक्ष मोहम्मद ईजहार शेष अध्यक्षता तथा गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीको प्रमुख आतिथ्यतामा आजदेखि सुरु भएको उक्त कार्यक्रममा प्रमुख अतिथि चौधरीले यस कार्यक्रमप्रति विद्यार्थीको आकर्षण र उत्सुक्ता देखिएकाले यस्ता कार्यक्रम हरेक वर्ष राख्न आफुले प्रयत्न गर्ने बताउनु भयो । कार्यक्रममा उपाध्यक्ष उत्तमा राय र प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पौडेलले यहाँका विद्यार्थीहरुलाई सही बाटो देखाउन गाँउपालिका हरेक किसिमले तयार रहेको बताउनु भयो ।

कार्यक्रममा कानुन संकायका प्रशिक्षण तथा लुम्बिनि विश्व विद्यालय बुटवलका प्राध्यापक अधिवक्ता दामोदर घिमिरेले सरकारी स्तरबाट आफ्ना पालिकाका विद्यार्थीहरुको उच्च शिक्षा सहजताका लागि सञ्चालन गरेको वृत्ति परामर्श कार्यक्रम सम्भवतः देशमै पहिलो कार्यक्रम भएकोभन्दै प्रशंसा समेत गर्नुभयो । पचासजना विद्यार्थीहरुको सहभागितामा स्वास्थ्य मापदण्डको अधिक्तम पालना गरी गाउँपालिकाको सभाहलमा सञ्चालन गरिएको उक्त कार्यक्रममा कानुन संकायबारे अधिवक्ता घिमिरे, शिक्षा तथा व्यवस्थापनमा रहमत अलि राईन, विज्ञानमा दिलिप तिवारी, प्राविधिक शिक्षामा ईन्जिनियर मोहन यादव र चिकित्सा शिक्षा बारे गजेन्द्र चौधरीले परामर्श तथा प्रशिक्षण दिनु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here