परासी, २७ साउन । नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वडा नं. ३ को कार्यालयले ताजुल ओलुम आधारभुत मदरसा कुस्मालाई कम्प्युटर प्रिन्टर लगायत विभिन्न शैक्षिक सामाग्री हस्तान्त्रण गरेको छ । वडा कार्यालयले मदरसाको क्रियाक्लापलाई व्यस्थित गर्न र कार्यालयलाई डिजिटल माध्यमबाट व्यवस्थापन गर्न ५ लाख रुपैया बराबरको विभिन्न शैक्षिक तथा ईलेक्ट्रोनिक्स सामाग्रीहरु हस्तान्त्रण गरेको हो । मदरसाको व्यवस्थापन समितिका अध्यक्ष ग्यासुद्दिन अंसारीको अध्यक्षता तथा पाल्हीनन्दन गाउँपालिका वडा ३ का अध्यक्ष गोधन प्रसाद हरिजनको प्रमुख आतिथ्यतामा उक्त सामाग्रीहरु हस्तान्त्रण गरिएको हो । वडा अध्यक्ष हरिजनले ति सामाग्रीहरु समितिका अध्यक्ष अंसारीलाई हस्तान्त्रण गर्दै यसको सदुप्योग गर्न आग्रह गरेका हुन् ।
वडाबाट हस्तान्त्रित सामाग्रीहरुमा कम्प्युटर १ थान, प्रिन्टर १ थान, सिसिटिभि क्यामेरा ४, मोनिटर १ थान, एटेन्डेन्स मेचिन १, फ्रिज १ थान, अफिस टेबल २ थान, कम्पुटर टेबल १ थान, कुर्ची २ थान, बुक कप्बोर्ड २ थान, डेक्सबेन्च १० थान रहेको मदरसाले जानकारी दिएको छ । सामाग्री हस्तान्त्रण कार्यक्रममा मदरसालाई सहयोग गरेकाले वडा अध्यक्ष हरिजनलाई मदरसाले सम्मान समेत गरेको छ।
वडाले मदरसाको शैक्षिण गुणस्तर सुधार गर्न, कार्यालयलाई चुस्तदुरुस्त तरिकाले व्यवस्थापन गर्न, ति सामाग्रीहरु प्रदान गरेको र आगामी दिनमा पनि थप सहयोग गर्ने प्रमुख अतिथि एवं वडा अध्यक्ष हरिजनले प्रतिबद्धता जाहेर गर्नु भयो । कार्यक्रममा समितीका अध्यक्ष ग्यासुददीन अंसारी, पुर्व सांसद हाजी अलाउद्दिन अंसारी, शिक्षक महताब अंसारी लगायले वडा कार्यालयको प्रशंसा गर्दै मदरसालाई आगामी दिनमा थप सहयोग गर्न आग्रह गर्नु भयो ।