मन्त्री बैजनाथ चौधरीद्धारा पाल्हीनन्दनकाे बहुद्देशिय सभाहल उद्घाटन

0
646

गाैरीशंकर जयसवाल–

परासी २६ साउन । लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले एमाले नेतृत्वको सरकारले गरेका राम्रा कामबाट डराएर विपक्षी दल सरकार गिराउन लागेको बताएका छन् । उनले अन्य प्रदेश सरकार भन्दा यस लुम्बिनी प्रदेश सरकार विकास खर्चमा उत्कृष्ट प्रदेशको रूपमा मानिएकोले विपक्षीले डराएपनि सरकार गिराउन चलखेल गरिरहेको बताए ।

आज पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाको वाड नं. ३मा निर्माण गरिएको नवनिर्मित बहुद्देशिय सभा हलको उद्घाटन गदै मन्त्री चौधरीले अदालतको फैसला अनुसार प्रदेश सरकार अगाडी बढ्ने बताए । उनले विपक्षी दलहरूले सत्ता गिराउन सांसदहरुलाई किनबेच गरेर लुम्बिनी प्रदेश सरकार गिराउन चलखेल गरेको बताए ।

प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री चौधरीले कर्मचारी,गाउँपालिका नगरपालिकाका अध्यक्ष नगरप्रमुख सदस्यहरूलाई प्रशिक्षण दिनको लागि लुम्बिनी प्रदेश सरकारले नेपालगन्जमा प्रशिक्षण प्रतिष्ठान निर्माण गर्न लागेको जानकारी दिए ।

प्रदेश सरकारले शिक्षा ,स्वास्थ्य खानेपानी र कृषिमा विशेष जोड दिएर लगानी गरिएको बताउँदै समाज परिवर्तन गर्नको निम्ती उच्च शिक्षा हासिल गर्न जरुरी रहेको मन्त्री चौधरीले बताए ।

उनले पाल्हीनन्दन गाउँपालिका सीमवार्ती क्षेत्रमा छोरीहरूलाई स्कुल नपढाउन चलन रहेकोले गाउँपालिकाले छोरी पढाउन अभियान कार्यक्रम संचालन गर्न जरुरी रहेको बताउँदै लुम्बिनी प्रदेश सरकारले बहुउश्यिय हल निर्माण गर्नको लागि सबै स्थानीय तहरुलाई बजेट दिएको बताए । कार्यक्रममा गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता दिपकले यहाँ सभाहल निर्माण भएपछि गाउँपालिकाको गोष्ठी सेमिनार गर्न सहज भएको बताए । उनले गाउँपालिका बाहेक पनि अरू संघसंस्थाहरुलाई पनि सहज भएको गुप्ताले बताए ।

लुम्बिनी प्रदेश सरकार ६३ लाख ५० हजार र पालिकाको ६३ लाख ५० हजार गरी कुल १ करोड २७ लाखको लगानी बहुउश्यिय सभाहल निर्माण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतमले जानकारी दिए । कार्यक्रममा गाउँपालिकाको वडा नं. ३ का वडा अध्यक्ष गोधन हरिजन, लेखापाल संन्जय शर्मा लगायत आफ्नो धारण राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here