ककरपत्त नगरमा नवनिर्मित बहुउद्धेश्यिय सभाहलकाे नेता कंडेलद्धारा उद्धघाटन

0
522

महेश यादव–

परासी २४ श्रावण । नवलपरासी पश्चिमलाई समृद्ध जिल्लाको रुपमा विकास गर्न विभिन्न योजनाहरु अगाडी सारिएको नेपाली कांग्रसका केन्द्रिय सदस्य सासंद देवेन्द्रराज कण्डेलले बताउनु भएको छ । आइतबार पश्चिम नवलपरासीको सरावल २ जावामा नवनिर्मित सभाहलको बहुउद्धेश्यिय सभाहल समुद्घाटन गर्दै पुर्व गृहराज्यमन्त्री समेत रहनुभएका सासंद कण्डेलले आधुनिक सुविधासहितको यस सभाहलमा विभिन्न कार्यक्रम, सभा, गोष्ठी तथा कार्यहरु गर्नुका साथै खेलकुदमा गराउन पनि सहज हुने धारणा राख्नुभएको थियो ।

यस जिल्लाको पर्यटकिय क्षेत्रको विकासमा आफु लागि परेको जानकारी गराउदै सबैको साथ र सहयोग भए नवलपरासी पश्चिमलाई नुमना जिल्लाको रुपमा स्थापित गर्न सकिने विचार ब्यक्त गर्नुभएको थियो । कोलबृक्ष पर्यटन बिकास संस्थाका अध्यक्ष नरेन्द्र प्रसाद चौधरीको अध्यक्षता तथा प्रतिनिधिसभा सदस्य देबेन्द्रराज कण्डेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा विशिष्ट अतिथिको रुपमा बोल्दै सरावल गाउपालिकाका अध्यक्ष राधेश्याम चौधरीले नवनिर्मित सभाहलबाट यस क्षेत्रका स्थानीयले ठूलो उपलब्धी हासिल गरेको बताउदै यस सरावल गाउपालिका भित्र पर्यटनको सम्भावना बोकेका सम्पुर्ण क्षेत्रलाई विकास गर्दै सरावललाई पर्यटकमय बनाउन आफु लागि परेको बताउनुभएको थियो ।

कार्यक्रममा स्याङ्जा जिल्लाका संविधानसभा सदस्य शंकर पाण्डेय, नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य मोहन प्रसाद शर्मा, केन्द्रीय शिक्षा बिभाग सदस्य राधेश्याम पाठक, सरावल गाउँपालिका उपाध्यक्ष उत्तमा राय, आदिवासि जनजातिका जिल्ला अध्यक्ष देवराज चौधरी, नेपाली काङ्ग्रेस जिल्ला सदस्य देवराज भण्डारी, सरावल गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पौडेल, नेपाली काङ्ग्रेस सरावल गा.पा सभापति बिनोद कुमार पाण्डेय लगाएतको उपस्थिती रहेको थियो ।

सो अवसरमा भारोत्तोलन खेलाडी राजु चौधरी लगाएतलाई सम्मान गरिएको थियो । यस जावामा नवनिर्मित स्थानिय पुर्वाधार विकास साझेदारी कार्यक्रम अन्र्तगत ससंद कोषबाट आय ब्यय २०७६, ७७ मा विनियोजित रु ७५ लाख, आय ब्यय २०७७, ७८ मा रु ३० र सरावल गाउँपालिकाबाट १० लाख गरि कुल १ करोड १५ लाखको लागतमा भवनको निर्माण कार्य सम्पन्न भएको सरावल गाउपालिकाकी उपाध्यक्ष उत्तमा रायले जानकारी दिनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here