नगर प्रमुख धिरज बस्यालद्वारा कभर्ड हलको उद्घाटन

0
620

बर्दघाट, २४ साउन । बर्दघाट नगरक्षेत्रमा ढेडकरोडको आयोजना सम्पन्न् गर्न ६ बर्ष लागेपछि बर्दघाटको क्याम्पाचौरमा निमार्ण गर्ने भनिएको ८९ करोडको ब्यवस्थीत रंगशाला निमार्ण गर्न २० औं बर्ष लाग्ने भन्दै बर्दघाटका नगर प्रमुख धिरज शर्माले चिन्ता ब्यक्त गर्नु भएको छ ।

शनिवार बर्दघाट कभर्ड हलको समुद्घाटन गर्दे नगरप्रमुख बस्यालले सोकुरा बताउनु भएको हो । उहांले बर्दघाटको क्याम्पाचौरमा निमार्ण गर्ने भनिएको ब्यवस्थीत रंगशाला निमार्णका लागि ८९ करोडको डिपिआर तयार भएको बताउदै त्यसका लागि राज्यको ध्यान जानजरुरी रहेको बताउनु भएको छ। स्थानिय सरकारले उक्तकार्य गर्न सम्भब नरहेको समेत बस्यालले बताउनु भएको छ।

बर्दघाट नगरको खेलक्षेत्रमा जनप्रतिनिधि आएपछि ७ करोड ११ लाख ४१ हजार रुपैया खर्च गरीसकेको बताउदै नगर प्रमुख बस्यालले ६५ लाख रुपैया खर्च गर्न नसकेर फ्रिजभएको समेत जानकारी गराउनु भयो ।

बर्दघाटनगरको खेल क्षेत्रका लागि नगरपालिकाले प्रत्येक वडामा खेल मैदान निमार्णगर्ने देखि बर्दघाट नगरमा एउटा खेलकुद् एकेडेमि ल्याउने तर्फ पनि प्रत्यनशिल रहेको बस्यालको भनाई रहेको थियो ।

बर्दघाट कभर्ड हल निमार्ण समितिका अध्यक्ष प्रदिप सुवेदीको अध्यक्षता र कोषाध्यक्ष लक्ष्मी बर्ताैलाको संचालनमा भएको कभर्ड हल उद्घाटन कार्यक्रममा बोल्दै निमार्ण समितिका अध्यक्ष प्रदिप सुवेदीले हल निमार्ण क्षेत्रमा पहिले घरका टहरा रहेका दिनेश पुन,ध्यान बहादुर राई र प्रेम तिमिलसिनाले सहज रुपमा जग्गा छोड्न तयार भएको र मनोज खनालले निःशुल्क लगत स्टिमेट तथा नक्सा बनाएर सहयोग गरेको बताउनु भएको थियो ।

२०७२ सालवाट शुरु गरेको बर्दघाट कभर्ड हल ६ वर्ष पछि अहिले १ करोड २९ लाखको लगानीमा जनश्रमदान सहित करिब डेढकरोडको लागतमा बल्ल निमार्ण सम्पन्न् भएको निमार्ण समितिका अध्यक्ष प्रदिप सुवेदीले बताउनु भएको छ ।
तात्कालिन समयमा सांसद कृष्ण पौडेलले आफ्नो संसद विकास कोषवाट ७ लाख दिएर शुरु गरीएको बर्दघाट कभर्ड हल निमार्णका क्रममा जिल्ला खेलकुद विकास समिति,जिल्ला विकास समिति,बर्दघाट नगरपालिका र प्रदेश सरकारले बजेट सहयोग गरेको सुवेदी बताउनु भएको थियो ।

निर्माण समितिका सदस्य कमल थापाको स्वागत मन्तब्यवाट शुरु भएको बर्दघाट कभर्ड हल समुद्घाटन कार्यक्रममा बर्दघाट नगरपालिका वडाअध्यक्ष रवीन्द्र विक्रम हमाल,केशव खत्री,मान बहादुर मल्ल,चन्द्रकान्त चापागाई,मोतीलाल सुनार,रोहति थारु,नवलपरासी ब्याटमिन्टन संघका अध्यक्ष होम नाथ भण्डारी लगाएतको उपस्थिती रहेको थियो । साभार गाउले दर्पण अनलाइन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here