संजय कुशवाहा
परासी २२ साउन । पश्चिम नवलपरासी जिल्लाकाे दक्षिणी सिमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले ९ वटा रागा ( पाडा) नियन्त्रण लिएको छ । बिहीबार बिहान ३ बजेको समयमा प्रतापपुर गाउँपालिका वडा न.५ बैदौली पुल स्थित भारतबाट नेपालतर्फ भन्सार छली अबैधरुपमा लग्दै गरेको अन्दाजी १ लाख ८० हजार मुल्य बराबरको ९ वटा रागा (पाडा ) सशस्त्र प्रहरी वि ओ पि गुठी परसौनीबाट सशस्त्र प्रहरी निरीक्षक संतोष खरेलको नेतृत्वमा खटिएकाे मोबाइल गस्ती टोली नियन्त्रणमा लिन सफल भएको हो ।
उक्त रागा डोरेयाउदै ल्याउदै गर्दा सशस्त्र प्रहरी टोलीलाई देखि रागा छाडी मानिस भागेका थिए । नियन्त्रणमा लिइएकाे रागा (पाडा) भन्सार कार्यालय महेशपुर पठाईएको सशस्त्र प्रहरीले जनाएको छ ।